बुद्ध लामा र केबिका खत्री लगातार हिट तर अंक सँधैँ एउटै

९ कार्तिक २०७७, आईतवार १४:४४
Featured Video Play Icon

मकवानपुर, ९ कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालको लोकप्रिय जोडी गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्री शोमा लगातार हिट प्रस्तुतिहरु दिँदै आएका छन् । तर उनीहरुले पहिलो नृत्यदेखि पाँचौँ नृत्य सकिँदासम्म नै समान २६–२६ अंक प्राप्त गरेका छन् । निर्णायकहरुबाट पाँचौँ पटक पनि समान अंक प्राप्त भएपछि कोरियोग्राफर केबिका खत्री स्टेजमा एकैछिन अवाक समेत भएकी थिईन् । पाँचौ हप्तासम्म आईपुग्दा पनि अंकमा तलमाथि नभएपछि यो जोडी स्टेजमा प्राय कमेडी मुडमा देखिन थालेका थिए । तर यो साता भने केबिका केही निराश भएकी थिईन् । तर लगातार एकै अंकमा स्थिर रहनु पनि निक्कै महत्वपूर्ण कुरा भएको भन्दै निर्णायकहरुले उनीहरुको हौसला बढाएका छन् । उतारचढाव हुनुको तुलनामा स्थिर रहनु राम्रो भएको निर्णायकहरुको तर्क छ । हेर्नुहोस् भिडियो–

स्टेज र स्टेजबाहिर पनि सर्वाधिक केमिस्ट्री मिलेको जोडीका रुपमा परिचत बुद्ध र केबिकाको ‘बुद्धिका’ जोडीले शुक्रबार आफ्नो पाँचौँ नृत्यमा पनि सदाझँै दर्शक र निर्णायकहरुको मन जित्न सफल भएका थिए । उनीहरुले नेपाली कथानक चलचित्र ‘चिनो’ को ‘बतासले उडाई ल्यायो माया मेरो’ बोलको गीतमा नृत्य गरेका थिए । हाउस डान्स फर्मलाई फिल्मीमा ढालेको यो जोडीको नृत्यलाई निर्णायकहरुले धेरै रुचाएका थिए । बुद्ध र केबिकाको डान्स मुभमा निर्णायकहरुले तारिफका शब्दहरु पोखेका थिए । उनीहरुको नृत्यलाई विशेष अतिथिहरुले पनि प्रशंसा गरेका छन् । उनीहरुलाई जितेर जानुस् भन्दै विशेष अतिथिहरुले शुभकामना दिएका थिए । त्यस्तै निर्णायक गौरी मल्लले बुद्धको सबैभन्दा बेस्ट नृत्य भएको भन्दै प्रशंसा गरेका थिए । केबिकाको कोरियोग्राफीको प्रशंसा गर्दै निर्णायक गौरी मल्लले प्रस्तुतिको सुरुदेखि अन्त्यसम्मै मन परेको बताएका थिए । निर्णायक रेनेशा राईले उनीहरुको नृत्यको प्रशंसा गर्दै बुद्धले गीत गाउन बिर्सिएर डान्स गर्न तर्फ लाग्नसक्ने भन्दै रमाईलो गरेका थिए । निर्णायक दिलिप रायमाझीले उनीहरुको नृत्य हेर्दा शोको विजेता नै बन्नसक्ने अवस्था रहेको भन्दै उनीहरुको प्रशंसा गरेका थिए ।

बुद्ध र केबिकालाई निर्णायक गौरी र दिलिपले ९–९ अंक र रेनेशाले ८ अंक गरी जम्मा २६ अंक प्रदान गरेका थिए । बुद्ध र केबिकाले पहिलो , दोस्रो, तेस्रो, चौथो र पाँचौँ हप्ता नै समान २६–२६ अंक प्राप्त गरेका छन् उनीहरुले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १३० अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स फर्म प्रस्तुत गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*