नेपाल स्टारका उत्कृष्ट ३३ प्रतियोगीहरु

९ कार्तिक २०७७, आईतवार १४:३५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ९ कात्तिक । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट ३३ प्रतियोगीहरु छनौट भएका छन् । शोको तेस्रो राउण्ड, ऋषभ राउण्डमा भिडेका ४८ प्रतियोगीहरुमध्येबाट उत्कृष्ट ३३ प्रतियोगीहरु चौथो राउण्डका लागि छनौट भएका हुन् । ३३ प्रतियोगीहरुमध्ये सुरुमा ३० जना प्रतियोगीहरु छनौट गरिएको थियो भने ३ जना प्रतियोगीहरुलाई निर्णायकहरुले विशेष अधिकार प्रयोग गर्दै पून छनौट गरेका हुन् । यसरी नेपाल स्टारको दोस्रो राउण्ड षडज राउण्डबाट छनौट भई ऋषभ राउण्डमा प्रतिस्पर्धा गरेका ४८ प्रतियोगीहरुमध्ये ३३ जना अघिल्लो राउण्डका लागि छानिएका छन् भने १५ जना प्रतियोगीहरुको नेपाल स्टार बन्ने यात्रा समाप्त भएको छ । यस भिडियो सामग्रीमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका उत्कृष्ट ३३ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् यो भिडियो फिचर–

यो पनि हेर्नुहोस्–
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ । अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*