डान्सिङ विथ द स्टार्स नेपालमा यो हप्ता कडा टक्कर

७ कार्तिक २०७७, शुक्रबार १९:१४
Featured Video Play Icon

मकवानपुर, ७ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता उत्कृष्ट ९ जोडीहरुको प्रतिस्पर्धा हुँदेछ । शोको दोस्रो ईलिमिनेसन विक पार गर्दै अघि बढेका यी ९ जोडीहरुले यो साता र आउँदो साता प्रस्तुत गर्ने प्रस्तुतिका आधारमा निर्णायकको मत र दर्शक भोटका आधारमा अर्को हप्ता पून एक जोडीले शो छोड्नेछन् । प्रतियोगिताको शुक्रबार नवौँ एपिसोड प्रसारण हुनेछ भने अर्को हप्ताको शनिबार बाह्रौँ एपिसोडमा ईलिमिनेसन हुनेछ । त्यसैले यो हप्ता एकअर्कालाई उछिन्नका लागि यी जोडीहरुबिच कडा प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट ९ मा परेकाहरुमध्ये कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडीले चौथो नृत्य सकिँदासम्म १०१ अंक प्राप्त गरेको छ । यो जोडीले एक पटक बटम थ्रीको सामना गरेको छ । त्यस्तै सृष्टि केसी र केशव थापाको जोडीले चौथो हप्ता सकिँदासम्म जम्मा ११३ अंक प्राप्त गरेका छन् । यो शोमा नै अहिलेसम्म प्राप्त अंकहरुमध्ये दोस्रो सर्वाधिक अंक हो । उनीहरुले पहिलो पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । हेर्नुहोस् यो भिडियो सामग्री–

त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र चर्चित कोरियोग्राफर युमी बलामीको जोडीले चौथो हप्ता सकिँदासम्म जम्मा १०१ अंक प्राप्त गरेका छन् भने शोमा नै सर्वाधिक केमेष्ट्रि मिलेको जोडीको रुपमा परिचित गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीको जोडीले चौथो हप्ता सकिँदासम्म सकिँदासम्म जम्मा १०४ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् । गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले चौथो हप्ता सकिदासम्म जम्मा १०५ अंक प्राप्त गरेका छन् । कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका टिकटक स्टार दिपा र दमन्ता श्रेष्ठको जोडीले चौथो हप्ता सकिँदासम्म जम्मा १११ अंक प्राप्त गरेका छन् । उनीहरु अहिलेसम्म प्राप्त अंकका आधारमा तेस्रो नम्बरमा छन् । नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले चौथो हप्ता सकिँदासम्म जम्मा ११६ अंक प्राप्त गरेका छन् । उनीहरु शोमा नै सर्वाधिक अंक प्राप्त गर्ने जोडी हुन् । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । त्यस्तै डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडीले चौथो हप्ता सकिँदा सम्म जम्मा १०७ अंक प्राप्त गरेका छन् । उनीहरुले चौथो हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले चौथो हप्ता सकिँदासम्म जम्मा १०४ अंक प्राप्त गरेका छन् । यो जोडीले दोस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले पनि एक पटक बटम थ्रीको सामना गरिसकेको छ ।

यी सबै जोडीहरुको अबको दुई वटा नृत्य कस्तो हुनेछ भन्ने कुराले नै उनीहरुले शोमा निरन्तरता पाउँलान् वा नपाउँलान् भन्ने कुरा निक्र्यौल हुनेछ । यी जोडीहरुबिच यो हप्ता र आगामी हप्ता हुने कडा प्रतिस्पर्धाबाटै अर्को हप्तादेखि उत्कृष्ट ८ जोडीको टुंगो लाग्नेछ । आदरणीय दर्शकविन्द, तपाईलाई यी ९ प्रतियोगीहरुमध्ये कसको नृत्य सबैभन्दा बढी राम्रो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*