तामाङ चलचित्र ‘तिङ्ला पुजु’ को ट्रेलर यस्तो बन्यो

७ कार्तिक २०७७, शुक्रबार १४:२२

मकवानपुर, ७ कात्तिक । तामाङ भाषाको चलचित्र ‘तिङ्ला पुजु’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलर एक्सनले भरिएको छ । ट्रेलरमा चलचित्रका सर्वाधिक चर्चित दुई गीतहरुलाई पनि समावेश गरिएको छ । तामाङ चलचित्र ‘सांगेला घ्रान’ को अपार सफलता पछि कलाकार, संगीतकार तथा गीतकार कमल रुम्बाको दोस्रो प्रस्तुतिका रुपमा ‘तिङ्ला पुजु’ तयार भएको हो ।

चलचित्र ‘तिङ्ला पुजु’ मा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् । चलचित्रको पब्लिसिटी डिजाई सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रका गीतहरुमा शुभ तामाङ, दुखी तामाङ, बबिता पाख्रिन र सिर्जना स्याङ्तानको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतहरु बुद्ध स्याङ्बा र दिपेश प्रधानले एरेञ्ज गरेका छन् । गीतहरु दिप स्टुडियोमा तयार पारिएको हो । हेर्नुहोस् चलचित्रको ट्रेलर-

यस अघि नै चलचित्रका २ गीतहरु सार्वजनिक भइसकेको छ । चलचित्रको ‘सार्सी साम्बा म्हेन्दो आहिन्’ र ‘सेम्ला र्हो’ बोलको गीतहरु सार्वजनिक भइसकेको छ । सेम्ला ह्रो गीतमा चर्चित गायक शुभ तामाङ र गायिका बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । कमल रुम्बाको शब्द तथा संगीतमा तयार भएको गीतलाई बुद्ध स्याङ्बाले एरेञ्ज गरेका हुन् । गीतमा जीवनसाथीलाई मनभित्रको मित्रका रुपमा चर्चा गरिएको छ । चलचित्रको गीत जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत ३ अक्टोबर २०२० मा प्रिमियर गरिएको हो । यस गीतको भिडियोमा चलचित्रका नायक रोशन थिङ तामाङ र नायिका कल्पना वाईबालाई फिचरिङ गरिएको छ । त्यस्तै चलचित्रको ‘सार्सी साम्बा म्हेन्दो’ बोलको पहिलो गीतको शब्द तथा संगीत कमल रुम्बाले तयार पारेका हुन् । यस गीतमा पनि चर्चित गायक शुभ तामाङ र चर्चित गायिका सिर्जना स्याङ्तानको आवाज रहेको छ । गीतलाई दिपेश प्रधानले एरेञ्ज र मिक्स गरेका हुन् । ओईलाएर जाने फुल जस्तो आफुहरुबिचको प्रेम नभएको भावना यस गीतमा समावेश छ । चलचित्रको गीत जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत ७ अगष्ट २०२० मा प्रिमियर गरिएको थियो । म्यूजिक भिडियोमा चलचित्रका नायक जय स्याङ्तान र नायिका अबिना गोलेलाई फिचरिङ गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*