जसको आवाजले निर्णायकलाई नै चकित बनायो

७ कार्तिक २०७७, शुक्रबार ११:३८
Featured Video Play Icon

मकवानपुर, ७ कात्तिक । नेपालको आफ्नै गायन रियालिटी शो नेपाल स्टारमा ३ जना प्रतियोगीहरुले निर्णायकहरुको मन जित्दै पूनः शोमा रि–ईन्ट्री पाएका छन् । शोको तेस्रो राउण्ड ऋषभ राउण्डमा भिडेर कारणवश बाहिरिएका ३ जना प्रतियोगीहरुलाई निर्णायकहरुले आफ्नो विशेष अधिकारको प्रयोग गर्दै पून शोमा फर्काएका हुन् । यसरी शोमा पून प्रवेश पाएका प्रतियोगीहरुमा दोर्जे तामाङ, सुनिल बस्याल र भुपेन्द्र थापा मगर रहेका छन् । उनीहरुले ऋषभ राउण्डमा दिएको प्रस्तुति र उनीहरुको आवाजको क्वालिटीको प्रशंसा गर्दै निर्णायकहरुले उनीहरुलाई पून शोमा फर्काएका हुन् । राम्रो गाउने गायकहरु पनि प्रस्तुतिका क्रममा केही कमीका कारण बाहिरिएपछि उनीहरुलाई नेपाल स्टारले गुमाउन नहुने गायकहरु भएको निर्णय गर्दै पूनः शोमा फर्काइएको हो । उनीहरुले अब चौथो राउण्डमा अन्य ३० जना प्रतियोगीहरुसँगै प्रतिस्पर्धा गर्नेछन् । यस भिडियो सामग्रीमा यी नै ३ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टार बारे अन्य भिडियोहरुका लागि हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् यो भिडियो सामग्री–

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका एकतिसौँ प्रतियोगी हुन् दोर्जे तामाङ । उनी सुरुमा ऋषभ राउण्डबाट बाहिरिएता पनि निर्णायकहरुले विशेष अधिकारको प्रयोग गर्दै उनलाई पून चौथो राउण्डका लागि छानेका थिए । ईटहरी अडिसनबाट छानिएका दोर्जेले ऋषभ राउण्डको तेस्रो भागमा प्रतिस्पर्धा गरेका थिए । उनले ऋषभ राउण्डमा सविन राईको ‘सुन्दरताको तिमी’ बोलको गीत गाएका थिए । मोरङको बेलबारी निवासी दोर्जेले सानैदेखि संगीत क्षेत्र छानेका थिए । एसएलसी पश्चात व्यवसायिक रुपमा संगीत क्षेत्रमा लागेका दोर्जे विभिन्न लाईभ शोहरु गरिरहेका छन् । उनी केही कभर गीतहरुमार्फत पनि श्रोता दर्शकमाझ परिचित छन् । उनी २० वर्षका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका बत्तिसौँ प्रतियोगी हुन् सुनिल बस्याल । उनी सुरुमा ऋषभ राउण्डबाट बाहिरिएता पनि निर्णायकहरुले विशेष अधिकारको प्रयोग गर्दै उनलाई पून चौथो राउण्डका लागि छानेका थिए । बुटवल अडिसनबाट छानिएका सुनिलले ऋषभ राउण्डमा राहुल वैद्यको ‘आफ्नो मन’ बोलको गीत गाएका थिए । सुर्खेत निवासी सुनिल अहिले बुटवलमा ईञ्जीनियरिङ अध्ययन गर्दैछन् । सानैदेखि संगीतमा रुचि राख्ने सुनिलले अध्ययनपश्चात सबै समयम संगीतलाई नै दिने गरेको उनी बताउँछन् । आमाबुवालाई संगीत क्षेत्रमा लाग्ने प्रेरणाका रुपमा लिने सुनिल विभिन्न स्टेज शोहरुमा पनि सहभागी हुने गर्छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनी २३ वर्षका छन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका तेत्तिसौँ प्रतियोगी हुन् भुपेन्द्र थापा मगर । उनी सुरुमा ऋषभ राउण्डबाट बाहिरिएता पनि निर्णायकहरुले विशेष अधिकारको प्रयोग गर्दै उनलाई पून चौथो राउण्डका लागि छानेका थिए । उनले ऋषभ राउण्डको छैटौँ एपिसोडमा प्रतिस्पर्धा गरेका थिए । बुटवल अडिसनबाट छानिएका भुपेन्द्रले ऋषभ राउण्डमा पुष्पन प्रधानको ‘धिन धिना’ बोलको गीत गाएका थिए । निर्णायक अञ्जु पन्तले उनको प्रस्तुतिलाई सारै राम्रो प्रस्तुति भनेका थिए । उनी हाई रेञ्जको प्रस्तुतिमा सफल भएको भन्दै निर्णायक अञ्जु पन्तले उनलाई ओभरल राम्रो आवाज भएको बताएका थिए । निर्णायक आलोक श्रीले उनलाई स्टेजमा देख्न पाएको खुशी लागेको बताएका थिए । उनीबाट आफुहरुले अझै बढी अपेक्षा गरेको निर्णायक रामकृष्ण ढकालले बताए । यसअघि पनि नेपाल आईडल लगायतका विभिन्न गायन प्रतियोगिताहरुमा राम्रो प्रस्तुति दिईसकेका भुपेन्द्रका केही कभर गीतहरु पनि बजारमा आएका छन् । भैरहवा निवासी भुपेन्द्र २५ वर्षका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*