नेपाल स्टारमा तहल्का मच्चाउँदै सुरेश लामा

५ कार्तिक २०७७, बुधबार २१:०२
Featured Video Play Icon

मकवानपुर, ५ कात्तिक । नेपालको आफ्नै गायन रियालिटी शो वाईवाई नेपाल स्टारमा एक प्रतियोगीले लगातार हिट प्रस्तुति दिएर तहल्का मच्चाईरहेका छन् । अडिसन राउण्डदेखि नै तहल्का मच्चाउन सुरु गरेका उक्त प्रतियोगी हुन् काठमाडौँ तारेभिर निवासी सुरेश लामा । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका चौबिसौँ प्रतियोगी हुन् सुरेश लामा । उनी अहिले ऋषभ राउण्ड पार गरेँसँगै उत्कृष्ट ३० भित्र समावेश भएका छन् । उनी हरेक राउण्डहरुमा निर्णायकहरुको मन जित्दै अगाडि बढिरहेका छन् । उनको गायन कलाको प्रशंसा गर्दै निर्णायकहरुले उनलाई नेपाली साँगितिक क्षेत्रको उज्वल नक्षेत्रका रुपमा चर्चा गरिरहेका छन् । हेर्नुहोस् यो भिडियो सामाग्री–

काठमाडौँ अडिसनबाट छानिएका सुरेशले ऋषभ राउण्डमा गायक फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ बोलको गीत गाएका थिए । प्रस्तुतिका क्रममा हरेक शब्द र अन्तराहरुमा निर्णायकहरुलाई ताली बजाउन र प्रशंसा गर्नका लागि जुर्मुराउन सफल सुरेशले सबै निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिपश्चात निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिका क्रममा निर्णायक अञ्जु पन्तले उनको सुरमा सुर समेत मिलाएका थिए । उनको प्रस्तुतिले गायक फत्तेमान राजभण्डारीको आवाजलाई पनि न्याय गरेको भन्दै निर्णायक रामकृष्णले सुरेशको प्रशंसा गरेका थिए । नेपाली साँगितिक क्षेत्रमा सुरेश जस्तो गायकको आवश्यकता रहेको समेत ढकालले बताए । निर्णायकहरुले उनको प्रस्तुतिको खुलेर प्रशंसा गर्दै गारो गीतलाई पनि न्याय गर्न सकेकोमा ह्याट्स अप गरेका थिए ।

२८ वर्षीय सुरेशले यसअघि षडज राउण्डमा पनि नारायण गोपालको ‘तिम्रो जस्तो मुटु’ बोलको गीत गाएर तहल्का मच्चाएका थिए । त्यस समयमा सुरेशको गीत सुनेर निर्णायकहरुले ताली बजाउँदै उनको प्रस्तुतिलाई एपिसोडकै सबैभन्दा बेस्ट प्रस्तुति भएको निर्णायकहरुले बताएका थिए । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*