डान्सिङ विथ द स्टार्स नेपालका उत्कृष्ट ९ जोडीहरु

३ कार्तिक २०७७, सोमबार २०:१२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा उत्कृष्ट ९ जोडीहरु छानिएका छन् । शोको दोस्रो ईलिमिनेसन विकबाट नायिका पुजा ठाकुरसँगै जोडी बाँधेका सरोज मोक्तानको पुरोज जोडी बाहिरिएपछि शोका उत्कृष्ट ९ जोडीहरु छनौट भएका हुन् । पुजासँग अघिल्लो प्रस्तुतिसम्म कोरियोग्राफर राजिव समरसँगै थिए तर शोमा पून एकपटक प्रवेश गरेका सरोजले राजिवको अनुपस्थितिमा पुजालाई साथ दिएका थिए । तर साथ दिएकै हप्ता उनले पून बाहिरिनुपरेको छ । शोका उत्कृष्ट ९ जोडीहरुमा प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन, सृष्टि केसी र केशव थापा, हरि खड्का र युमी बलामी, बुद्ध लामा र केबिका खत्री, ज्योति मगर र लाउरे सिंह, दिपा दमन्ता श्रेष्ठ र सुनिल बिक, सुमी मोक्तान र बिजु पार्की, दिभान्सी बैदवार, सिद्धार्थ श्रेष्ठ र सञ्जय लामा तथा फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारी रहेका छन् । यस भिडियो सामग्रीमा यी नै उत्कृष्ट ९ जोडीहरु र उनीहरुले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडी डान्सिङ विथ द स्टार्स नेपालको ग्लामरस जोडी हुन् । विभिन्न क्षेत्रमा ट्यालेन्ट देखाईसकेको यो जोडी अहिले चर्चाको शिखरमा छ । यो जोडीले पहिलो नृत्यबाट ३०, दोस्रो नृत्यबाट २० अंक, तेस्रो नृत्यबाट २७ अंक र चौथो नृत्यबाट २४ अंक प्राप्त गरेका थिए । उनीहरुले हालसम्म जम्मा १०१ अंक प्राप्त गरेका छन् । स्टेजमा प्रयत्न जोडीका रुपमा परिचित यो जोडीले पहिलो हप्ता ल्याटिन रम्बा, दोस्रो हप्ता ज्याज, तेस्रो हप्ता सेमि क्लासिकल र चौथो हप्ता भिईनिज वाल्ज डान्स फर्म प्रस्तुत गरेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरेको छ । सृष्टि केसी र केशव थापाको जोडी अन्य जोडीहरुभन्दा फरक छन् । सृष्टि केसी १५ वर्षको उमेरदेखि आँखाले बाहिरी संसार देख्न सक्दिनन् तर उनी विभिन्न विधाका साथै नृत्यमा पनि लगाव राख्छिन् । चर्चित कोरियोग्राफर केशव थापाले उनलाई यति खेर प्रतिस्पर्धामा साथ दिईरहेका छन् । पहिलो प्रस्तुतिदेखि नै यो जोडीले लगातार प्रशंसा पाईरहेको छ । उनीहरुले पहिलो नृत्यबाट नै पर्फोमेन्स अफ द विकको अवार्ड पनि जितेका थिए । स्टेजमा सृशव जोडीका रुपमा परिचित यो जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २७ अंक, तेस्रो हप्ता ३० अंक र चौथो हप्ता २६ अंक प्राप्त गरेका थिए । उनीहरुले चौथो हप्ता सकिँदासम्म जम्मा ११३ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्युजन अफ वाल्ज, दोस्रो हप्ता आफ्रो मिक्स, तेस्रो हप्ता कन्टेम्प्ररी र चौथो हप्ता बचाटा डान्स फर्ममा प्रस्तुति दिएका थिए ।

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र चर्चित कोरियोग्राफर युमी बलामी अहिले चर्चाको शिखरमा छन् । खेलाडी र कोरियोग्राफरको यो जोडीले अहिले चौतर्फि प्रशंसा पाईरहेको छ । स्टेजमा ‘हामी जोडी’ का रुपमा परिचित यो जोडीले एकपछि अर्को रोमान्चक नृत्यहरु प्रस्तुत गर्दै दर्शक र निर्णायकहरुबाट प्रशंसा बटुल्न सफल भएको छ । यो जोडीले पहिलो साता नै निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनीहरुले पहिलो हप्ता २६ अंक, दोस्रो हप्ता २४ अंक, तेस्रो हप्ता २५ अंक र चौथो हप्ता २६ अंक प्राप्त गरेका थिए । उनीहरुले चौथो हप्ता सकिँदासम्म जम्मा १०१ अंक प्राप्त गरेका छन् । हामी जोडीले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता ओपन स्टाईल, तेस्रो हप्तामा फङ्क ज्याज र चौथो हप्ता ओपन स्टाईल डान्स फर्ममा डान्स गरेका थिए । यो जोडीले एकपटक बटम थ्रीको सामना गरेका छन् । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चामा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलो , दोस्रो, तेस्रो र चौथो हप्ता नै समान २६–२६ अंक प्राप्त गरेका छन् उनीहरुले चौथो हप्ता सकिँदासम्म सकिँदासम्म जम्मा १०४ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी र चौथो हप्ता ओपन स्टाईल डान्स फर्म प्रस्तुत गरेका थिए ।

चर्चित जोडीहरुमध्येको एक जोडी हुन् गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडी । स्टेजमा ज्योतिला नामबाट परिचत यो जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २५ अंक, तेस्रो हप्ता २७ अंक र चौथो हप्ता २३ अंक प्राप्त गरेका थिए । उनीहरुले चौथो हप्ता सकिदासम्म जम्मा १०५ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले पहिलो हप्ता कन्टेम्प्ररी, दोस्रो हप्ता कलि–हप, तेस्रो हप्ता कल्चरल मगर डान्स र चौथो हप्ता कन्टेम्प्ररी डान्स फर्म प्रस्तुत गरेका थिए । कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका टिकटक स्टार दिपा र दमन्ता श्रेष्ठले शोमा सबैको मन जित्न सफल भएका छन् । दिपा र दमन्ता टिकटकमा जति लोकप्रिय छन् त्यति नै चर्चा डान्सिङ विथ दी स्टार्समा पनि चल्दैछ । टिकटकबाट चिनिएका जुम्ल्याह दिदीबहिनीले सुनिलको राम्रो साथ पाएका छन् । यो जोडीले एकपछि अर्को गर्दै लगातार धमाकेदार प्रस्तुतिहरु दिएर स्टेज तताउँदै आएको छ । स्टेजमा सुदिमन्ता नामले परिचित यो जोडीले पहिलो हप्ता २४ अंक, दोस्रो हप्ता ३० अंक, तेस्रो हप्ता २९ अंक र चौथो हप्ता २८ अंक प्राप्त गरेको थियो । यो जोडीले चौथो हप्ता सकिँदासम्म जम्मा १११ अंक प्राप्त गरेका छन् । यो जोडीले पहिलो हप्ता टटिङ एण्ड पपिङ, दोस्रो हप्ता ओपन स्टाईल,तेस्रो हप्ता कलिहप र चौथो हप्ता ओपन स्टाईल डान्स फर्म प्रस्तुत गरेका थिए ।

नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी अहिले दर्शकको रोजाईमा छन् । शोमा सहभागी भएदेखि नै यो जोडीको डान्सलाई हेर्न दर्शकहरु सर्वाधिक पर्खाईमा थिए । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले मनपराउनुका थुप्रै कारणहरु छन् । उनीहरुले पहिलो,दोस्रो र तेस्रो नृत्यबाट समान ३०–३० अंक र चौथो नृत्यबाट २६ अंक प्राप्त गरेका थिए । उनीहरुले चौथो हप्ता सकिँदासम्म जम्मा ११६ अंक प्राप्त गरेका छन् । उनीहरु शोमा नै सर्वाधिक अंक प्राप्त गर्ने जोडी हुन् । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट तथा चौथो हप्ता थिएटर डान्स फर्म प्रस्तुत गरेका थिए । डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी हो दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडी । दिभान्सीका पार्टनकार रुपमा सिद्धार्थ श्रेष्ठ सहभागी छन् भने सञ्जय लामा कोरियोग्राफरका रुपमा रहेका छन् । यस अघि दिवान्सीलाई कोरियोग्राफर शुभम भुजेलले कोरिायोग्राफ गरेका थिए तर उनको पार्टनर र कोरियोग्राफर दुबै जना परिवर्तन भएका हुन् । उनीहरुले चौथो हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । स्टेजमा देवार्थ जोडीले परिचित दिभान्सी र सिद्धार्थले पहिलो हप्ता २७ अंक, दोस्रो हप्ता २६ अंक, तेस्रो हप्ता २४ अंक र चौथो हप्ता ३० अंक प्राप्त गरेका थिए । उनीहरुले चौथो हप्ता सकिँदा सम्म जम्मा १०७ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिउड, तेस्रो हप्ता लकिङ र चौथो हप्ता झ्याउरे डान्स फर्मममा प्रस्तुति दिएका थिए ।

फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले यतिखेर स्टेजमा चर्चा कमाईरहेका छन् । कमेडियन र कोरियोग्राफरको यो जोडीले दर्शकलाई हँसाउने र रुवाउने गरी डान्स गरिरहेका छन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पहिलो र दोस्रो हप्ता २५–२५ अंक, तेस्रो हप्ता २९ अंक र चौथो हप्ता २५ अंक प्राप्त गरेका थिए । उनीहरुले चौथो हप्ता सकिँदासम्म जम्मा १०४ अंक प्राप्त गरेका छन् । यो जोडीले दोस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले पनि एक पटक बटम थ्रीको सामना गरिसकेको छ । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कोली हप, तेस्रो हप्ता ओपन स्टाईल र चौथो हप्ता कलिहप डान्स फर्ममा डान्स गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*