हरि र युमीको नृत्यमा ताली नै ताली

३ कार्तिक २०७७, सोमबार २०:०४
Featured Video Play Icon

मकवानपुर, ३ कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा चर्चित फुटबलर हरि खड्का र युमी बलामीले दर्शक र निर्णायकहरुको मन जित्न सफल भएका छन् । शारिरिक समस्याका बावजुद एकपछि अर्को नृत्यले दर्शक र श्रोतालाई रिझाउन सफल हरि र युमीले यो साता निर्णायकहरुलाई भावुक बनाईदिएका छन् । स्टेजमा हामी जोडीका रुपमा परिचित यो जोडीले आफ्नो चौथो नृत्यमा बुवा गुमाईसकेकी एक छोरीले भोग्नुपर्ने दुःख र सामाजिक लाञ्छनाको विषय उठान गरेका थिए । आप्पा चलचित्रको ‘साँझ परेपछि’ बोलको गीतमा हरि र युमीले बुवा र छोरीको कथा प्रस्तुत गरेका थिए । ओपन स्टाईलको यो नृत्यमा हरि र युमीले कथा मात्र भनेनन् बरु निर्णायकहरुको आँखामा आँशु ल्याईदिए । उनीहरुको नृत्यको हरेक तालहरुमा सहभागी र निर्णायकहरुले ताली बजानएर हुटिङ गरेका थिए । हेर्नुहोस् भिडियो फिचर–

यो प्रस्तुतिपछि निर्णायक गौरी मल्ल स्टेजमै रोएकी थिईन् । निर्णायक रेनेशा राईले यो नृत्यको तारिफ गर्दै हरि खड्काको मुस्कानसँगै नृत्यको पनि तारिफ गरेकी थिईन् । डायलगमा पनि राम्रो प्रस्तुति भएको भन्दै उनले युमीको प्रशंसा गरिन् । सहभागीहरुबाट पनि प्रशस्त सम्मान पाउन सफल यो नृत्यपछि निर्णायक दिलिप रायमाझीले स्टेजमै गएर हरिको प्रशंसा गरेका थिए । विशेष अतिथिहरुले पनि आफुहरु निशब्द भएको भन्दै उनीहरुको नृत्यको खुलेर प्रशंसा गरेका थिए । उनीहरुलाई निर्णायक गौरी र दिलिपले ९–९ अंक र रेनेशाले ८ गरी जम्मा २६ अंक प्रदान गरेका थिए । योसँगै यो जोडीले जम्मा १ सय १ अंक प्राप्त गरेको छ ।

पहिलो नृत्यबाट नै स्टाण्डिङ अवेशन पाउन सफल भएको हामी जोडीले यसअघि पहिलो हप्ता २६ अंक, दोस्रो हप्ता २४ अंक र तेस्रो हप्ता २५ अंक प्राप्त गरेका थिए । हामी जोडीले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता ओपन स्टाईल र तेस्रो हप्तामा फङ्क ज्याज फर्ममा डान्स गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*