सर्वाधिक सुरक्षित ३ जोडीहरु

३० आश्विन २०७७, शुक्रबार १२:१८
Featured Video Play Icon

मकवानपुर, ३० असोज । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा यो साता दोस्रो ईलिमिनेशन विक चल्दैछ । ईलिमिनिसेन विक भएता पनि केही जोडीलाई भने निर्णायकको अंकले सुरक्षित बनाईसकेको छ । हुन त दर्शक भोटले पनि निर्णायक भूमिका खेल्ने भएकोले यीत जोडीहरु पूर्ण रुपमा सुरक्षित त छैनन् तर तेस्रो नृत्यसम्म आईपुग्दा ३ जोडीहरुले सर्वाधिक अंक प्राप्त गर्दै आफु केही हदसम्म भएपनि सुरक्षित रहेको अनुभव गरेका छन् । यी जोडीहरुले प्राप्त गरेको अंक शोमा नै सर्वाधिक हो । यस भिडियो सामग्रीमा सर्वाधिक अंक प्राप्त गर्ने यी नै ३ जोडीहरुका बारेमा चर्चा गर्दैछौँ । यस शोमा सर्वाधिक अंक प्राप्त गर्ने पहिलो जोडी हो नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको सुविजु जोडी । उनीहरुले पहिलो,दोस्रो र तेस्रो नृत्यबाट ३०–३०–३० अंक गरी ९० अंक प्राप्त गरेका छन् । उनीहरु शोमा नै सर्वाधिक अंक प्राप्त गर्ने जोडी हुन् । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी र तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट डान्स फर्ममा नृत्य गरेका थिए । निर्णायकबाट सर्वाधिक प्रशंसा पाएको यो जोडीलाई अब दर्शक भोटको मात्र डर रहेको छ किनभने निर्णायकले दिएको अंकको आधारमा यो जोडी सबैभन्दा सुरक्षित देखिएको छ ।हेर्नुहोस् यो भिडियो सामग्री–

त्यस्तै निर्णायकले दिएको अंकका आधारमा सुरक्षित रहेको दोस्रो जोडी हो सृष्टि केसी र केशव थापाको जोडी । स्टेजमा श्रृशव जोडीका रुपमा परिचित यो जोडी अन्य जोडीभन्दा फरक रहेको छ । फरक यस अर्थमा पनि हो कि सृष्टि आँखा देख्न सक्दिनन् । तर पनि यो जोडीले अन्य जोडीसँग कडा टक्कर दिइरहेका छन् । पहिलो प्रस्तुतिबाट प्रशंसा बटुल्न सफल यो जोडीले ३० मा ३० नै अंक प्राप्त गरेका थिए । उनीहरुले पहिलो नृत्यबाट नै पर्फोमेन्स अफ द विकको अवार्ड पनि जितेका थिए । उनीहरुले दोस्रो नृत्यबाट २७ अंक र तेस्रो नृत्यबाट ३० अंक नै प्राप्त गरेका छन् । यसरी उनीहरुले तेस्रो हप्तासम्म आईपुग्दा ८७ अंक प्राप्त गरेका छन् । यो जोडी शोमा नै सर्वाधिक अंक प्राप्त गर्ने दोस्रो नम्बरको जोडी हो । उनीहरुले पहिलो हप्ता फ्युजन अफ वाल्ज, दोस्रो हप्ता आफ्रो मिक्स र तेस्रो हप्ता कन्टेम्प्ररी डान्स फर्ममा प्रस्तुति दिएका थिए । यस शोमा निर्णायकहरुबाट सर्वाधिक अंक प्राप्त गर्ने तेस्रो जोडी दिपा–दमन्ता श्रेष्ठ र सुनिल बिकको जोडी हो । स्टेजमा सुदिमन्ता जोडीका रुपमा परिजित यो जोडीले पहिलो नृत्यबाट २४ अंक र दोस्रो नृत्यबाट ३० अंक प्राप्त गरेका थिए । त्यस्तै तेस्रो नृत्यबाट यो जोडीले २९ अंक प्राप्त गरेको थियो । यो जोडीले तेस्रो हप्ता सकिँदासम्म जम्मा ८३ अंक प्राप्त गरेका छन् । यो जोडीले पहिलो हप्ता टटिङ एण्ड पपिङ, दोस्रो हप्ता ओपन स्टाईल र तेस्रो हप्ता कलिहप फर्ममा डान्स गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*