बुद्ध र केबिकालाई दर्शकको यति धेरै प्रेम

२९ आश्विन २०७७, बिहीबार ०९:१४
Featured Video Play Icon

मकवानपुर, २९ असोज । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा सहभागी कलारकार र कोरियोग्राफरहरुको जोडी अहिले चर्चामा छ । उनीहरु टेलिभिजनको पर्दामा जोडीका रुपमा देखिए पनि केही जोडीलाई भने दर्शकहरुले वास्तविक जीवनमै जोडी भएको हेर्ने चाहाना व्यक्त गरेका छन् । उनीहरुलाई दर्शकहरुले रुचाएकै कारण यस्तो चर्चा पनि चलेको हो । यस शोमा यसरी सर्वाधिक केमिस्ट्री मिलेको जोडीका रुपमा गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्री रहेका छन् । उनीहरु एक पटक बटम थ्रीमा परेता पनि यो जोडीलाई माया गर्नेहरु कति छन् भन्ने कुरा सामाजिक सञ्जालमा देखिएका कमेन्टहरुबाट पनि थाहा पाउन सकिन्छ । युट्युबमा अन्तरवार्ता लिने प्राय सबैले उनीहरुलाई प्रेममा छन् कि भनेर सोध्ने गरेका छन् । जसको जवाफमा उनीहरुले स्पष्ट रुपमा यसलाई आफुहरुले दर्शकबाट पाएको मायाका रुपमा ब्याख्या गर्छन् । केही साताकै अन्तरालमा बुद्ध र केबिकाको प्रेम बारेमा कुरा गर्दै धेरै युट्युब च्यानलबाट अन्तरवार्ता प्रस्तुत भएका छन् तर ती प्रश्नहरुमा बुद्ध र केबिकाले आफुहरुबिच प्रेम भएको तर प्रतियोगीताको जोडीका रुपमा मात्र भएको बताएका छन् । वास्तविक रुपमा आफुहरु प्रेममा नभएको भन्दै उनीहरुले हाँसी हाँसी जवाफ दिने गरेका छन् । हेर्नुहोस् यो भिडियो फिचर–

आफुहरुलाई जोकोहीले पनि प्रेमकै बारेमा प्रश्न सोध्ने गरेको भन्दै यो जोडीले त्यसलाई दर्शकको प्रेमका रुपमा ब्याख्या गरेका छन् । हुन पनि बुद्ध र केबिकालाई माया गर्ने दर्शकहरु यति धेरै भएका छन् कि हरेक भिडियोमा बुद्ध र केबिकालाई विवाह गर्नका लागि दर्शकहरुले सुझाव दिएका छन् । उनीहरु दुबै अविवाहित भएको, उमेर पनि मिलेको र केमिष्ट्री पनि मिलेको कारण दर्शकहरुले त्यस्तो सुझाव दिँदै कमेन्टहरु गरेका हुन् । तर बुद्ध र केबिका यस बारेमा स्पष्ट छन् । उनीहरु प्रतियोगितामा मिल्ने जोडीका रुपमा मात्र छन् तर वास्तविक रुपमा प्रेममा छैनन् । प्रतियोगितामा ३ वटा नाच प्रस्तुत गरिसकेको यो जोडीले विभिन्न डान्स फर्मलाई प्रस्तुत गरिरहेका छन् । बुद्धले गायकका रुपमा मात्र नभई डान्सरका रुपमा पनि चर्चा कमाउन थालिसकेका छन् । अनि एउटा गायकलाई डान्सर बनाउन केबिकाले गरेको मेहनतको पनि यतिखेर चर्चा भईरहेको छ ।

बुद्ध र केबिकाले पहिलो नृत्यबाट २६ अंक र दोस्रो नृत्यबाट पनि २६ अंक नै प्राप्त गरेका थिए । साथै उनीहरुले तेस्रो नृत्यमा पनि २६ नै अंक प्राप्त गरेका छन् । उनीहरुले तेस्रो हप्ता सकिँदासम्म जम्मा ७८ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो डान्स र तेस्रो हप्ता कन्टेम्प्ररी डान्स फर्म प्रस्तुत गरेका थिए । स्टेजमा बुद्धिका नामले परिचित यो जोडीले तेस्रो नृत्यमा एउटा डाक्ट र बिरामीको बारेमा प्रस्तुति दिएका थिए । कोरोना लागेकी बिरामीलाई निको पार्दा आफै ज्यान गुमाउनु परेको र उसको परिवारले भोगेको सामाजिक विभेदलाई उनीहरुले प्रस्तुतिमार्फत उठान गरेका थिए । उनीहरुको यो प्रस्तुतिले निर्णायक र दर्शकहरु दुबैबाट प्रशंसा पाउन सफल भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*