सम्राट चौलागाई र रचना रिमालको ‘पौने चार’ चर्चामा

२७ आश्विन २०७७, मंगलवार ०८:४३
Featured Video Play Icon

मकवानपुर, २७ असोज । गायक सम्राट चौलागाई र गायिका रचना रिमालको नयाँ गीत ‘पौनै चार’ सार्वजनिक भएको छ । सार्वजनिक हुनुपूर्व नै चर्चामा आएको यो गीतलाई सोमबार गायक सम्राट चौलागाईकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा लेखु सहयात्रीको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलको एरेञ्जमा तयार भएको गीतलाई ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतका रेकर्डिष्ट नरेश बिबिसी हुन् । सजन शाहको मिक्सिङ मास्टरिङ तथा मा तयार भएको गीत निकै रमाईलो बनेको छ । गीत प्रिमियर भएको केही समयमै चर्चामा आएको छ । गीतमा केही समयमै सकरात्मक कमेन्टहरुको ओईरो लागेको छ । हेर्नुहोस् यो भिडियो फिचर–

यो गीतले सार्वजनिक भएको २४ घण्टा नपुग्दै १ लाख २५ हजार भन्दा बढी भ्यूज पाएको छ । यो सामग्री तयार पार्दाको समयमा यस म्युजिक भिडियोलाई १० हजारभन्दा बढी लाईक प्राप्त भएको छ । साथै १ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतको म्युजिक भिडियोमा चर्चित नायक पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौलाले अभिनय गरेका छन् । विक्रम स्वरको निर्देशन तथा कोरियोग्राफीमा बनेको म्युजिक भिडियोलाई नवराज उप्रेती र रविन्द्र न्यौपानेले छायाँकन गरेका हुन् । म्युजिक भिडियोका क्यामेरा असिस्ट्यान्ट विवेक लामा हुन् । विरबहादुर थारुको सम्पादनमा तयार भएको म्युजिक भिडियोमा रेनिश फागोले कलरिङ गरेका छन् । कलाकारहरुलाई रोशनी खनाल र बिनु शाहीले सिंगारेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्–
प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*