फुलन्देकी आमा र प्रमोदले जिते पर्फोमेन्स अफ द विक

२६ आश्विन २०७७, सोमबार १२:२७
Featured Video Play Icon

मकवानपुर, २६ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो, डान्सिङ विथ द स्टार्स नेपालमा फुलन्देकी आमाका रुपमा चर्चित कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले फेरि एकपटक सबैलाई रुवाईदिएका छन् । आफ्नो प्रस्तुतिमार्फत एउटी विधुवा महिला र भावी सन्तानको कथालाई उठान गर्दै उमेश र प्रमोदले सबैलाई स्तब्ध बनाईदिएका हुन् । विवाह गरेर आएको केही महिनामै श्रीमान गुमाएकी एउटी नारीलाई समाजले लाञ्छना लगाउँदै हेला गरिरहन्छन् । सामाजिक प्रताडना सहन नसकेर जीवन त्याग्ने सोचमा पुगेकी आमालाई गर्भमा रहेको उनको सन्तानको मायाले जीवन जिउने आधार खडा गर्छ । आमासँगै गर्भबाटै पिडा महशुस गरेको एउटा सानो शिशु र एउटी आमाको कथा, प्रशव बेदना र शिशुले धर्तीमा जन्म लिएको दृश्यले स्टेजमा भावुकता र खुशीको लहर छाएको थियो । फलस्वरुप यो जोडीले यही प्रस्तुतिबाट पर्फोमेन्स अफ द विक अवार्ड जित्न सफल भएको छ । पर्फोमेन्स अफ द विक अवार्ड जित्ने यो दोस्रो जोडी हो । यसअघि सृष्टि केसी र केशव थापाको जोडीले पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । हेर्नुहोस् यो भिडियो फिचर–

स्टेजमा ‘आमोद’ नामले परिचित उमेश र प्रमोदको जोडीले यो साता सनुप पौडेलेको ‘दैब हे’ बोलको गीतमा प्रस्तुति दिएका थिए । उनीहरुले यो प्रस्तुति ओपन स्टाईल डान्स फर्मममा प्रस्तुत गरेका थिए । उनीहरुको नृत्यमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायक दिलिप रायमाझीले यो जोडीलाई स्टेजमै पुगेर प्रशंसा गरेका थिए । सधैँ हँसाईरहने कलाकारबाट रुवाउने प्रस्तुति आएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । साथै कोरियोग्राफर प्रमोद भण्डारीको कोरियोग्राफको चर्चा गर्दै निर्णायकहरुले उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । उमेशले पुरुष भएर पनि महिलाको प्रशव वेदनाको आभाषलाई हुबहु गरेको भन्दै निर्णायक गौरी मल्लले उनको प्रशंसा गर्नुका साथै स्टेजमै पुगेर उमेश र प्रमोदको प्रशंसा गरेका थिए । उनीहरुले निणार्यक रेनेशाबाट ९ अंक र अन्य निर्णायकहरुबाट १०–१० अंक गरी जम्मा २९ अंक प्राप्त गरेका थिए ।

त्यस्तै आमोद जोडीले आफ्नो पहिलो र दोस्रो नृत्यबाट २५–२५ अंक गरी जम्मा ५० अंक पाएका थिए । तेस्रो हप्ता सकिँदा सम्म यो जोडीले जम्मा ७९ अंक प्राप्त गरेको छ । आमोद जोडीले पहिलो नृत्यमा ‘कम्मरको ट्याटु’ बोलको गीतमा फ्रि स्टाईल डान्स गरेका थिए । उनीहरुले सानो एक्ट सहितको प्रस्तुति दिएका थिए । त्यस्तै दोस्रो नृत्यमा भने राजन गुरुङ र देवी घतीको ‘उही खोलाको पानी’ बोलको गीतमा कोली हप फर्ममा डान्स गरेका थिए । यो जोडीले चर्चाका बावजुद पनि एक पटक बटम लाईनको सामना गर्नुपरेको थियो । आदरणीय दर्शकविन्द, तपाईलाई उमेश र प्रमोदको नृत्य कस्तो लाग्दैछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*