नेपाल स्टारमा फेरि छानिए उत्कृष्ट ५ प्रतियोगीहरु

२५ आश्विन २०७७, आईतवार ०८:३७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २५ असोज । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को ऋषभ राउण्डको चौथो भागबाट पनि ५ जना प्रतियोगीहरु चौथो राउण्डका लागि छानिएका छन् । चौथो भागमा भिडेका ८ जना प्रतियोगीहरुमध्ये विजयकुमार दंगाल, सरला बिसी, सन्देश बोम्जन लामा, सुनिल विश्वकर्मा र अर्जुन पुन मगर चौथो राउण्डका लागि छानिएका छन् । त्यस्तै ऋषभ राउण्डको चौथो भागबाट पोखराकी बबी सुनार, पोखराकै रुपेश भण्डारी र गाईघाट उदयपुरका मदन मगर बाहिरिएका छन् । यस भिडियो सामग्रीमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका यी थप ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् यो भिडियो फिचर–

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका सोह्रौँ प्रतियोगी हुन् विजयकुमार दंगाल । ईटहरी अडिसनबाट छानिएका विजयले ऋषभ राउण्डमा गोपाल योञ्जनको ‘बनेको छ पहाराले’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका छन् । उनलाई लो पार्टमा सुधार गर्न जरुरी रहेको पनि निर्णायकहरुले बताएका थिए । उनको हाई नोटको भने सबै निर्णायकहरुले प्रशंसा गरेका छन् । बिर्तामोड झापा निवासी २६ वर्षीय विजय साहित्यकार पनि हुन् । उनी संगीत पनि सिक्दैछन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी सत्रौँ प्रतियोगी हुन् सरला बिसी । काठमाडौँ अडिसनबाट छानिएकी सरलाले ऋषभ राउण्डमा आशा भोष्लेको आवाजमा रहेको ‘झुटो आसा’ बोलको गीत गाएकी थिईन् । सरलाको टोनको प्रशंसा गर्दै निर्णायकहरुले लो अक्टेवमा सुधार गर्नुपर्नेमा जोड दिए । नेपाली सांगितिक क्षेत्रमा सक्रियताका साथ लागिरहेकी सरलाका केही ओरिजिनल गीतहरु समेत सार्वजनिक भईसकेको छ । सानैदेखि संगीतमा रुचि राख्ने गरेकी सरलाले विभिन्न संघर्ष गर्दै संगीत क्षेत्रमा पहिचान बनाउँदै छिन् । संगीतमा स्नातक गरेकी सरला गजल गायिकाका रुपमा पनि कार्यरत छिन् । ३२ वर्षीया सरला बिसी मोरङ निवासी हुन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका अठारौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । उनले ऋषभ राउण्डमा एड्रियन प्रधानको ‘मुटु भरी भरी’ बोलेको गीत गाएका थिए । निर्णायकहरुले उनको गीत छनौट राम्रो भएको भन्दै उनको प्रस्तुतिलाई सुपर्व भनेका थिए । च्यालेञ्जीङ गीतलाई राम्रो गाएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका छन् । संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी धरान निवासी हुन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका उन्नाईसौँ प्रतियोगी हुन् सुनिल बिक । पोखरा अडिसनबाट छानिएका सुनिलले ऋषभ राउण्डमा भक्तराज आचार्यको ‘अपराध गरिनँ मैले’ बोलको गीत गाएका थिए । पहिलो र दोस्रो राउण्डमा तहल्का मच्चाएका सुनिलले तेस्रो राउण्डमा पनि तहल्का मच्चाएका थिए । हरेक राउण्डमा निर्णायकहरुबाट ताली पाएका सुनिलले यो राउण्डमा गीत गाईरहँदा पनि निर्णायकहरुलाई ताली बजाउन बाध्य बनाएका थिए । उनको प्रस्तुतिपश्चात निर्णायक रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायक आलोक श्रीले उनलाई आफु नतमस्तक भएको प्रतिक्रिया दिएका थिए । उनले सधैँ गाह्रो गीतहरु छान्दै तहल्का मच्चाउँदै गरेको पनि निर्णायकहरुले बताए । पोखरा निवासी सुनिल १६ वर्षका छन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका बिसौँ प्रतियोगी हुन् अर्जुन पुन मगर । सुर्खेत अडिसनबाट छाएिका अर्जुनले ऋषभ राउण्डमा भक्तराज आचार्यको ‘हजार सपनाहरुको’ बोलको गीत गाएका थिए । उनको टेक्निकल पार्टमा समस्या भएता पनि उनको आवाज मिठो भएको निर्णायकहरुले बताए । उनको महशुस गर्ने क्षमतालाई पनि निर्णायकहरुले प्रशंसा गरेका थिए । कोहलपुर बाँकेका अर्जुनले यस अघि नेपाल आईडल सिजन २ मा पनि सहभागिता जनाएका थिए । आईडलमा पनि तहल्का मच्चाएका अर्जुनका केही गीतको अडियो भर्सन पनि सार्वजनिक भईसकेको छ । उनी २२ वर्षका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*