गायिका पूजा तामाङको तामाङ सेलो ‘आप्पाकी छोरी’ सार्वजनिक

२३ आश्विन २०७७, शुक्रबार १७:०५

मकवानपुर, २३ असोज । गायिका पूजा तामाङको तामाङ सेलो गीत ‘आप्पाकी छोरी’ सार्वजनिक भएको छ । पूजाको यो गीतको म्युजिक भिडियो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार प्रिमियर गरिएको हो । यस अघि नै विभिन्न गीतहरु सार्वजनिक गरेर चर्चामा आएकी गायिका तामाङको यो गीतमा वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको शब्द, संगीत तथा एरेञ्ज रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्स गरेका हुन् ।

म्युजिक भिडियोमा चर्चित मोडल निरञ्जली लामा, चन्द्रकुमार दोङ र राजेन्द्र तामाङलाई फिचरिङ गरिएको छ । सूर्य लामाको छायाँकनमा तयार भएको म्युजिक भिडियोलाई बज्र ङ्यास्युरले सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई प्रतिक ङ्येस्युरले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्–
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ । अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*