कप्तान हरि खड्का र कोरियोग्राफर युमी बलामी नृत्यमा पनि ह्याट्रिक गर्ने दाउमा

२३ आश्विन २०७७, शुक्रबार १३:४२
Featured Video Play Icon

मकवानपुर, २३ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का फुटबलको मैदानमा निक्कै चर्चामा रहे । खेलाडी जीवनमा कयौँ पटक ह्याट्रिक गरेका कप्तान हरि खड्का अहिले नृत्यमा पनि ह्याट्रिक गर्ने दाउमा छन् । उनलाई नृत्यमा ह्याट्रिक गराउन बलियो भूमिका निभाउँदैछिन् कोरियोग्राफर युमी बलामी । हरिको नृत्य प्रस्तुतिलाई आधार मान्ने हो भने यो साता उनले नृत्यमा पनि ह्याट्रिक गर्दैछन् । उनले यो साता शोमा आफ्नो तेस्रो नृत्य प्रस्तुत गर्नेछन् । कोरियोग्राफर पार्टनर युमी बलामी र हरि खड्का अहिले तेस्रो नृत्यको तयारीमा व्यस्त छन् । दुई वटा नृत्यमा तहल्का मच्चाएको यो जोडीले तेस्रो नृत्य कस्तो गर्लान् भन्ने कौतुहलता आम खेलप्रेमी दर्शक र निर्णायकसँगै नृत्यका पारखीहरुमा छ । दुई वटा गीतमा नाचेर निर्णायकलाई समेत आश्चर्यमा पारेका हरिलाई युमीले निक्कै साथ दिएकी छिन् । फुटबलरभित्रबाट डान्सरलाई निकाल्न उनी कम्मर कसेर लागेकी छिन् । दुई हप्तासम्म उनी यसमा सफल पनि भएकी छिन् । हेर्नुहोस् यो भिडियो सामग्री–

खेलाडी र कोरियोग्राफरको यो जोडीले अहिले चौतर्फि प्रशंसा पाईरहेको छ । स्टेजमा ‘हामी जोडी’ का रुपमा परिचित यो जोडीले एकपछि अर्को रोमान्चक नृत्यहरु प्रस्तुत गर्दै दर्शक र निर्णायकहरुबाट प्रशंसा बटुल्न सफल भएको छ । यो जोडीले पहिलो नृत्यबाट अर्थात पहिलो साता नै निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनीहरुले पहिलो हप्ता २६ अंक प्राप्त गरेका थिए । पहिलो एपिसोडको पहिलो प्रस्तुतिमा ‘हामी’ जोडीले ‘पराना’ बोलको गीतमा दिएका थिए । प्रस्तुतिमा तहल्का मच्चाएका हरि र युमीलाई निर्णायकहरुले प्रशंसा गर्दै कमेन्ट गरेका थिए । उनीहरुको प्रस्तुतिमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनीहरुले फ्रि स्टाईलमा डान्स प्रस्तुत गरेका थिए । त्यस्तै दोस्रो हप्ता भने यो जोडीले हेमन्त शर्माको ‘गंगा जीलाई’ बोलको गीतमा रोमान्टिक नृत्य प्रस्तुत गरेका थिए । ओपन स्टाईल डान्स फर्ममा नाचेको यो जोडीले गीतलाई नृत्य मार्फत थप रोचक बनाएका थिए ।

रोमान्टिक पलबाट सुरु भएको यो प्रस्तुति अन्तमा एउटा कारुणिक कथामा पुगेर टुङ्गाइएको थियो । एक श्रीमान र श्रीमतीबिचको प्रेम र श्रीमान गुमाउनुको पिडालाई यस प्रस्तुतिमा समावेश गरिएको थियो । कोरियोग्राफर युमी बलामीको यो कोरियोग्राफलाई सबैले प्रशंसा गरेका थिए । प्रस्तुतिका हरेक पलहरुमा दर्शक र निर्णायकहरुले ताली बजाएका थिए । यस प्रस्तुतिबाट हरि र युमीले थप चर्चा कमाएका छन् । हरि खड्का र युमी बलामीको यो जोडीलाई यस नृत्यमा २४ अंक प्राप्त गरेका थिए । उनीहरुले दोस्रो हप्तासम्म आईपुग्दा जम्मा ५० अंक प्राप्त गरेका छन् । अहिलेसम्म यो जोडीले बटम लाईनको सामना गरेका छैनन् । आदरणीय दर्शकविन्द, तपाईलाई हरि खड्का र युमी बलामीको प्रस्तुतिहरु कस्तो लाग्दैछ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*