रचना रिमालका आउँदै गरेका ४ गीतहरु यस्ता छन्

२३ आश्विन २०७७, शुक्रबार १३:३५
Featured Video Play Icon

मकवानपुर, २३ असोज । छोटो समयमै चर्चा कमाउन सफल गायिका रचना रिमालका एकपछि अर्को गीतहरु यतिखेर चर्चामा छन् । उनका गीतहरु यतिखेर युट्युब ट्रेण्डिङमा पनि परिरहेका छन् । रचनाका सार्वजनिक हुन बाँकी विभिन्न गीहरु पनि लाईनमा छन् जसको यतिखेर निक्कै चर्चा भईरहेको छ । यस भिडियो सामग्रीमा रचना रिमालका आउँदै गरेका ४ गीतहरुका बारेमा चर्चा गर्दैछौँ । यी गीतहरुमध्ये केही गीहरु केही दिनमै रिलिज हुँदैछन् भने केही गीतहरु भने भर्खरै रेकर्ड भएर रिलिजको तयारी गरिँदैछ । हेर्नुहोस् यो भिडियो फिचर–

रचनाको केही दिनमा नै रिलिजको तयारीमा रहेको गीत ‘पौने चार’ बोलको गीत हो । केही समयअघि मात्र ‘हे सानुमाया, तिमीलाई घरै दिउँला’ जस्तो चर्चित गीत बजारमा ल्याएका गायक सम्राट चौलागाई र गायिका रचना रिमालको यो अर्को युगल गीत हो । यस गीतमा लेखु सहयात्रीको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । गायक चौलागाईकै युट्युब च्यानलबाट यही असोज २६ गते प्रिमियरको तयारी गरिएको यस गीतको म्यूजिक भिडियोमा चर्चित नायक पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौलाले अभिनय गरेका छन् । विक्रम स्वरको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् । म्युजिक भिडियोलाई बिरबहादुर थारुले सम्पादन गरेका छन् ।

त्यस्तै रचनाको आउँदै गरेको दोस्रो गीत चलचित्र ‘महानायक’ को गीत हो । यस चलचित्रको यो गीत रचनाको युगल गीत हो । गीतको एरेञ्ज दिनेश राजबहाकले गरेका हुन् । गीतको शब्द साहित्यकार तथा बेलबारी नगरपालिकाका उपमेयर तारा पराजुलीले लेखेका हुन् । गीतमा भिम बस्नेतको संगीत रहेको छ । गीतका बारेमा रचनाले अक्टोबर ३ तारिखमा फेसबुकमार्फत जानकारी दिएकी थिईन् । यस बाहेक पनि रचनाको अर्को गीत पनि चाँडै रिलिज हुने तयारीमा रहेको छ । यो गीतमा रचनासँगै सरोज रिजालको आवाज रहेको छ । गीतबारे गीतका गीतकार तथा संगीतकार सागर धिमालले फेसबुकमार्फत जानकारी गराएका थिए । ‘तिम्रो बानीले सारै रुवायो’ बोलको यो गीत चाँडै नै सार्वजनिक हुने तयारीमा रहेको छ । यो गीत अक्टोबर ५, २०२० मा रेकर्ड गरिएको हो ।

त्यस्तै रचना रिमालको सार्वजनिक हुने तयारीमा रहेको अर्को गीत हो ‘छोड्दिन छोड्दिन’ बोलको गीत हो । अक्टोबर ६, २०२० मा रेकर्ड भएको यो गीतमा रचनासँगै कर्णराज गिरीको शब्द रहेको छ । गीतलाई गिरीले नै लेखेका हुन् भने संगीत पनि गिरीले नै भरेका छन् । गीतलाई विनय कार्कीले एरेञ्ज गरेका हुन् । गीतलाई आरोही ईन्टरटेन्मेन्टमा रेकर्ड गरिएको हो । गीतका बारेमा रचनासँगै गायक गिरीले फेसबुकमार्फत जानकारी दिएका छन् । आदरणीय दर्शकविन्द, तपाईलाई रचना रिमालका आउँदै गरेका गीतहरु कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*