नेपाल स्टारमा थप ५ प्रतियोगीहरु छनौट

२२ आश्विन २०७७, बिहीबार ०६:३८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २२ असोज । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को ऋषभ राउण्डको तेस्रो भागबाट पनि ५ जना प्रतियोगीहरु चौथो राउण्डका लागि छानिएका छन् । तेस्रो भागमा भिडेका ८ जना प्रतियोगीहरुमध्ये विशालदेव श्रेष्ठ, सिद्धान्त खड्का, अमिन परियार, मौसम खरेल र श्रेया नेपाल चौथो राउण्डका लागि छानिएका छन् । त्यस्तै ऋषभ राउण्डको तेस्रो भागबाट नुवाकोटकी समिरा थपलिया, मोरङका दोर्जे तामाङ र चितवनकी बिना सेञ्चुरी बाहिरिएका छन् । यस भिडियो सामग्रीमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका थप ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका एघारौँ प्रतियोगी हुन् विशालदेव श्रेष्ठ । ईटहरी अडिसनबाट छानिएका विशालले ऋषभ राउण्डमा हेमन्त रानाको ‘लैजा रे’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिलाई आउटस्टाण्डीङ भन्दै निर्णायकहरुले केही सुधारका लागि पनि सुझाव दिएका छन् । झापाका ३२ वर्षीय विशालले यस अघि षडज् राउण्डमा निर्णायकहरुको मन जित्न सफल भएका थिए । उनको फ्यान नै भएको भन्दै निर्णायक आलोक श्रीले उनको प्रशंसा गरेका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका बाह्रौँ प्रतियोगी हुन् सिद्धान्त खड्का । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले ऋषभ राउण्डमा शिव लामिछानेको ‘किन दुख्छ’ बोलको गीत गाएका थिए । रकिङ प्रस्तुति दिएका सिद्धान्तलाई निर्णायकहरुले प्रशंसा गर्दै उनले गीतलाई सतप्रतिशत न्याय दिएको बताएका थिए । उनलाई अहिलेदेखि नै सुपरस्टार देखिएको भन्दै उनको खुलेर तारिफ गरेका छन् । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका तेह्रौँ प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले ऋषभ राउण्डमा नेपथ्यको ‘लाम्पाते सुरती’ बोलको गीत गाएका थिए । उनको खिड्काहरुको प्रशंसा गर्दै निर्णायकहरुले उनको प्रस्तुतिको प्रशंसा गरेका थिए । गीतम डुबेर प्रस्तुति दिएका अमिनको यो प्रस्तुति अहिले चर्चामा छ । पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका चौधौँ प्रतियोगी हुन् मौसम खरेल । काठमाडौँ अडिसनबाट छानिएका मौसमले ऋषभ राउण्डमा दिपक बज्रचार्यको आवाजमा रहेको ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । प्रस्तुतिका क्रममा तहल्का मच्चाएका मौसमलाई निर्णायकहरुले निक्कै प्रशंसा गरेका थिए । उनमा निर्णायकहरुले गर्वको महशुस गरेको बताएका थिए । झापा स्थायी घर भई काठमाडौँ बस्दै आएका मौसमले निर्णायकहरुको मन जितेका छन् । उनी २४ वर्षका छन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी पन्ध्रौँ प्रतियोगी हुन् श्रेया नेपाल । चितवन अडिसनबाट छानिएकी श्रेयाले ऋषभ राउण्डमा कालिप्रसाद बास्कोटाको ‘हेरिरहन देऊ मलाई’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुति राम्रो भएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । बाराको सिमरा निवासी श्रेया २० वर्षकी छिन् । सानैदेखि संगीतमा रुचि भएका श्रेयाका केही ओरिजिनल तथा कभर गीतहरु पनि सार्वजनिक भइसकेको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी उनले म्युजिकमा नै करियर बनाउने सोच बनाएकी छिन् । सानोमा विद्यालयमा गीत गाउने क्रममा विद्यालयकी शिक्षिकाले उनलाई गीत नगाउनु भन्ने सुझाव दिईन् । तर त्यसको विपरित उनी संगीतमा लागिरहिन् । त्यसपछि संगीतमा थप मेहनत गरेकी उनी विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भईरहन्छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*