सुन्नुहोस् प्रविण बेड्वालको यति कारुणिक गीत

२० आश्विन २०७७, मंगलवार २०:०८
Featured Video Play Icon

मकवानपुर, २० असोज । छोटो समयमै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक प्रविण बेड्वालका विभिन्न गीतहरु अहिले चर्चामा छन् । उनका कतिपय अफिसियल गीतका म्युजिक भिडियोहरु युट्युब ट्रेण्डिङमा पनि पुगेका छन् । प्रविणका केही गीतहरु यस्ता पनि छन् जुन प्रचार प्रसारको अभावमा दर्शक श्रोतामाझ पुगेका छैनन् । ती गीतहरुमध्ये केहीका अडियो भर्सनमात्र सार्वजनिक भएका छन् भने केहीका लिरिकल भर्सन समेत सार्वजनिक भएका छन् । त्यस्ता थुप्रै गीतहरुका बारेमा यस अघि नै मैले केही भिडियोहरुमा चर्चा गरिसकेको छु । यस भिडियोमा प्रविणको त्यस्तो एउटा गीतका बारेमा चर्चा गर्दैछु जुन गीत सम्भवत तपाईले पनि सुन्न पाउनु भएको छैन होला । तर जतिले सुने उनीहरुले यस गीतका बारेमा सकरात्मक कमेन्टहरु गरेका छन् । आउनुहोस् त्यो गीतबारे चर्चा गरौँ । हेर्नुहोस् यो भिडियो सामग्री–

प्रविण बेड्वालको आवाजमा रहेको ‘वसन्तको पाउला’ बोलको गीत एउटा त्यस्तो गीत हो जुन गीतलाई धेरै दर्शक श्रोताले हेर्न र सुन्न पाएका छैनन् । म्युजिक भिडियो नबनेको अवस्थामै लिरिकल भर्सनमा सार्वजनिक भएको यो गीत निक्कै कारुणिक छ । गीतकार तुला विष्टको शब्द तथा संगीतकार आधार तुम्बापोको संगीत रहेको यो गीत गीतकार विष्टको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । १६ सेप्टेम्बर २०२० मा सार्वजनिक भएको यो गीतलाई उमा विष्टले प्रस्तुत गरेकी हुन् ।

प्रविणको आवाजमा रहेको यो आधुनिक गीतलाई युट्युबमा लिरिकल भर्सनमा हेर्नेहरुले उनको आवाजको प्रशंसा गरेका छन् । गीतमा एउटा प्रेमीको कारुणिक भावना समेटिएको छ । मायमा आसाका खम्बाहरु टुटेपछि एउटा प्रेमीले महशुस गर्ने पिडालाई गीतकार विष्टले शब्दमा उतारेका छन् । गीतको भावनालाई संगीतकारले पिडामिश्रित भावना झल्काउने गरी संगीतमा उतारेका छन् । आदरणीय दर्शकविन्द, तपाईलाई प्रविणको यो गीत कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । उनको यो गीतको लिंक यस भिडियोको डिस्क्रीप्सनमा राखिएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*