डान्सिङ विथ द स्टार्स नेपालका उत्कृष्ट १० जोडीहरु

२० आश्विन २०७७, मंगलवार १०:०७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २० असोज । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा उत्कृष्ट १० जोडीहरु छानिएका छन् । शोको पहिलो राउण्डबाट कलाकार रक्षा श्रेष्ठ र कोरियोग्राफर सरोज मोक्तानको ‘रकरोज’ जोडी स्वईच्छिक रुपमा बाहिरिएपछि शोका उत्कृष्ट १० जोडीहरु छनौट भएका हुन् । शोका उत्कृष्ट १० जोडीहरुमा प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन, सृष्टि केसी र केशव थापा, हरि खड्का र युमी बलामी, बुद्ध लामा र केबिका खत्री, ज्योति मगर र लाउरे सिंह, दिपा दमन्ता श्रेष्ठ र सुनिल बिक, सुमी मोक्तान र बिजु पार्की, दिभान्सी बैदवार, सिद्धार्थ श्रेष्ठ र सञ्जय लामा, फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारी तथा पुजा ठाकुर र राजिव समर रहेका छन् । यस भिडियो सामग्रीमा यी नै उत्कृष्ट १० जोडीहरु र उनीहरुले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन -यो जोडी ट्यालेन्ट नै ट्यालेन्टले भरिएको जोडी हो भन्दा फरक नपर्ला किनभने यी दुबै प्रतियोगीहरु विभिन्न क्षेत्रमा चर्चित छन् । उनीहरुले एकभन्दा बढी क्षेत्रमा सफलताको स्वाद चाखिसकेका छन् । एउटै क्षेत्रसँग सम्बन्धित जस्तो देखिने उनीहरुको फरक फरक व्यक्तित्वले नृत्यमा पनि तहल्का मच्चाउन सुरु गरिसकेको छ । यो जोडीले पहिलो नृत्यबाट ३० मा ३० नै अंक प्राप्त गरेका छन् भने दोस्रो नृत्यबाट २० अंक प्राप्त गरेका छन् । उनीहरुले अहिलेसम्म जम्मा ५० अंक प्राप्त गरेका छन् । यो जोडीलाई स्टेजमा ‘प्रयत्न’ जोडी भनेर चिनिन्छ । जोडीहरुमध्ये फरक जोडीका रुपमा चर्चामा छन् सृष्टि केसी र केशव थापाको जोडी । सृष्टि केसी १५ वर्षको उमेरदेखि आँखाले बाहिरी संसार देख्न सक्दिनन् तर उनी विभिन्न विधाका साथै नृत्यमा पनि लगाव राख्छिन् । चर्चित कोरियोग्राफर केशव थापाले उनलाई यति खेर प्रतिस्पर्धाका लागि तयार पार्दैछन् । यी दुबैले एकअर्कालाई साथ दिँदै एउटा नयाँ ईतिहास कोर्ने जमर्को गरिरहेका छन् । पहिलो प्रस्तुतिबाट प्रशंसा बटुल्न सफल यो जोडीले ३० मा ३० नै अंक प्राप्त गरेका थिए । उनीहरुले पहिलो नृत्यबाट नै पर्फोमर अफ द विकको अवार्ड पनि जितेका थिए । उनीहरुले दोस्रो नृत्यबाट भने २७ अंक प्राप्त गरेका छन् । यसरी उनीहरुले दोस्रो हप्तासम्म आईपुग्दा ५७ अंक प्राप्त गरेका छन् । उनीहरुलाई स्टेजमा ‘सृश्रव जोडी’ का रुपमा चिनाइएको छ ।

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र चर्चित कोरियोग्राफर युमी बलामी अहिले चर्चाको शिखरमा छन् । खेलाडी र कोरियोग्राफरको यो जोडीले अहिले चौतर्फि प्रशंसा पाईरहेको छ । स्टेजमा ‘हामी जोडी’ का रुपमा परिचित यो जोडीले एकपछि अर्को रोमान्चक नृत्यहरु प्रस्तुत गर्दै दर्शक र निर्णायकहरुबाट प्रशंसा बटुल्न सफल भएको छ । यो जोडीले पहिलो नृत्यबाट अर्थात पहिलो साता नै निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनीहरुले पहिलो हप्ता २६ अंक र दोस्रो हप्ता २४ अंक प्राप्त गरेका थिए । उनीहरुले दोस्रो हप्तासम्म आईपुग्दा जम्मा ५० अंक प्राप्त गरेका छन् ।प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध लामा र केबिका खत्रीको जोडी चर्चा छ । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा छन् । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका छन् । बुद्ध र केबिकाले पहिलो नृत्यबाट २६ अंक र दोस्रो नृत्यबाट पनि २६ अंक नै प्राप्त गरेका थिए । उनीहरुले दोस्रो हप्ता सकिँदासम्म जम्मा ५२ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।

चर्चित जोडीहरुमध्येको एक जोडी हुन् गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडी । डान्सिङ विथ द स्टार्स नेपालको प्रोमोहरु सार्वजनिक भएसँगै यो जोडीको चर्चा निक्कै बढेको थियो । स्टेजमा ज्योतिाला नामबाट परिचत यो जोडीले पहिलो प्रस्तुतिबाट ३० मा ३० नै अंक प्राप्त गर्न सफल यो जोडीले दोस्रो प्रस्तुतिबाट २५ अंक प्राप्त गरेका थिए । उनीहरुले दोस्रो सातासम्म आईपुग्दा जम्मा ५५ अंक प्राप्त गरेका छन् । कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका टिकटक स्टार दिपा र दमन्ता श्रेष्ठले शोमा सबैको मन जित्न सफल भएका छन् । दिपा र दमन्ता टिकटकमा जति लोकप्रिय छन् त्यति नै चर्चा डान्सिङ विथ दी स्टार्समा पनि चल्दैछ । टिकटकबाट चिनिएका जुम्ल्याह दिदीबहिनीले सुनिलको राम्रो साथ पाएका छन् । स्टेजमा सुदिमन्ता नामले परिचित यो जोडीले पहिलो नृत्यबाट २४ अंक र दोस्रो नृत्यबाट ३० अंक प्राप्त गरेका थिए । यो जोडीले दोस्रो हप्ता सकिँदासम्म जम्मा ५४ अंक प्राप्त गरेका छन् । यस शोमा सहभागी भएपछि थप चर्चामा आएका नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी अहिले दर्शकको रोजाईमा छन् । शोमा सहभागी भएदेखि नै यो जोडीको डान्सलाई हेर्न दर्शकहरु सर्वाधिक पर्खाईमा थिए । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले मनपराउनुका थुप्रै कारणहरु छन् । उनीहरुले पहिलो र दोस्रो नृत्यबाट ३०–३० अंक गरी ६० अंक प्राप्त गरेका छन् । उनीहरु शोमा नै सर्वाधिक अंक प्राप्त गर्ने जोडी हुन् । दोस्रो हप्तासम्म निर्णायकको अंकका आधारमा उनीहरु पहिलो नम्बरमा छन् । तर दुःखको कुरा यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । यो स्टेजमा सुबिजु नामले परिचित छ ।

जोडीहरुमध्ये अलि फरक जोडी हो दिभान्सी बैदवार, सिद्धार्थ श्रेष्ठ र सञ्जय लामाको जोडी । दिभान्सीका पार्टनकार रुपमा सिद्धार्थ श्रेष्ठ सहभागी छन् भने सञ्जय लामा कोरियोग्राफरका रुपमा रहेका छन् । यस अघि दिवान्सीलाई कोरियोग्राफर शुभम भुजेलले कोरिायोग्राफ गरेका थिए तर उनको पार्टनर र कोरियोग्राफर दुबै जना परिवर्तन भएका हुन् । स्टेजमा देवार्थ जोडीले परिचित दिभान्सी र सिद्धार्थले पहिलो प्रस्तुतिबाट २७ अंक र दोस्रो प्रस्तुतिबाट २६ अंक प्राप्त गरेका थिए । उनीहरुले दोस्रो साता सकिँदा सम्म जम्मा ५३ अंक प्राप्त गरेका छन् । चर्चामा रहेको जोडीरु मध्ये एक हुन् फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडी । कमेडियन र कोरियोग्राफरको यो जोडीले राम्रो नतिजा ल्याउनेमा दर्शकहरु आसावादी छन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पहिलो प्रस्तुतिबाट २५ र दोस्रो प्रस्तुतिबाट पनि २५ नै अंक प्राप्त गरेको थियो । उनीहरुले दोस्रो साता सकिँदासम्म जम्मा ५० अंक प्राप्त गरेका छन् । उनीहरुको जोडीले पनि एक पटक बटम थ्रीको सामना गरिसकेको छ । चर्चित जोडीहरुमध्ये मैथिली समाजका चर्चित अभिनेत्री पुजा ठाकुर र चर्चित कोरियोग्राफर राजिव समर पनि एक हुन् । एकै ठाउँबाट कला क्षेत्रमा अघि बढेको यो जोडीले डान्सिङ विथ द स्टार्स नेपालमा पनि तहल्का मच्चाउँदैछन् । स्टेजमा पुराजिव नामले परिचित यो जोडीले पहिलो प्रस्तुतिबाट २४ अंक र दोस्रो प्रस्तुतिबाट पनि २४ नै अंक प्राप्त गरेका छन् । उनीहरुले दोस्रो हप्ता सकिँदा सम्म जम्मा ४८ अंक प्राप्त गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*