गीतकार अच्युत नेपालको ‘के हो पहिचान’ सार्वजनिक

मकवानपुर, १८ असोज । गीतकार अच्युत नेपालको ‘के हो पहिचान’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यस अघि नै विभिन्न गीत लेखेर चर्चामा आएका गीतकार नेपालको यो गीत लिरिकल भर्सनमा सार्वजनिक भएको हो । सिपा नेपाल ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा गायिको स्मृति शाहीको आवाज रहेको छ ।
गीतमा अच्युत नेपालको शब्द र डिबी खड्काले संगीत दिएका छन् । अकष्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई साहस शाक्यले एरेञ्ज गरेका छन् । गीतलाई हेमन्त नेपाल अधिकारीले प्रोडक्सन गरेका हुन् । गीतको परिकल्पनाकार दिपशिखा नेपालले गरेकी हुन् । गीतको लिरिकल भर्सन भिडियो मनोज न्यौपानेले सम्पादन गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–
गीतकार अच्युत नेपालको यसअघि नै ‘ताप्लीको रानी पोखरी’ बोलको नयाँ गीत सार्वजनिक भएको थियो । गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक तथा संगीतकार डिबी खड्काको आवाज रहेको छ । गीतमा गायक खड्काले नै संगीत दिएका छन् । अकष्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका छन् । गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् ।
गीतकार नेपालको केही समय अघि मात्र असारे गीत पनि सार्वजनिक भएको थियो । अडियो भर्सनमात्र सार्वजनिक भएको उक्त गीतमा डिबी खड्का, स्मृति शाही, प्रिती बि खत्री, स्मिरिका पन्त लगायतका गायक गायिकाको आवाज रहेको छ । गीतमा नाराद सुवेदी र डिबी खड्काको संगीत सुन्न सकिन्छ । गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन् ।
यो पनि हेर्नुहोस्–
नायिका आँचल भन्छिन्–‘जीवनको अँध्यारा पाटालाई प्रेमले सिँगार्ने कथा हो ब्ल्याक’
नायिका आँचल शर्माले नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ ले मानिसको जीवनको अँध्यारा पाटाहरु र प्रेमले ती अँध्यारा पाटालाई किनारा लगाउने कथा बोकेको बताएकी छिन् । चलचित्रको प्रचारप्रसारका क्रममा आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्र हेरिदिन समेत सबैलाई आग्रह गरिन् । ‘हरेक मानिसको जीवनमा अँध्यारा (कालो) पाटाहरु हुन्छन्, ती काला पाटाहरुलाई कसरी सेतो बनाउने भन्ने बारेमा चलचित्र बनेको छ, उनले भनिन्, ‘जीवनमा माया भइसकेपछि कसरी अप्ठ्यारो चिजपनि सजिलो लाग्छ अथवा मायाले कस्तो अप्ठ्यारो ल्याउँछ भन्ने जस्ता सबै कुराहरु मिक्स भएको छ ब्ल्याकमा ।’ चलचित्रमा आफुसहित सबै यूनिटले निकै मेहनत गरेको आँचलले बताईन् ।