प्रविण र समिक्षाको ‘नबोली नबोली’ ट्रेण्डिङमा

१७ आश्विन २०७७, शनिबार २०:५१
Featured Video Play Icon

मकवानपुर, १७ असोज । नेपाल आईडल सिजन ३ का फस्र्ट रनर अप प्रविण बेड्वाल र गायिका समिक्षा अधिकारीको ‘नबोली नबोली’ बोलको गीत सार्वजनिक भएको दुई साता नपुग्दै २ नम्बर ट्रेण्डिङमा पुग्न सफल भएको छ । प्रविण र समिक्षाको आवाजमा तयार भएको यो गीत २४ सेप्टेम्बरमा ‘द डिभाईन म्यूजिक’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । ट्रेण्डिङको उकालो चढ्दै चढ्दै अगाडि बढेको यो गीत यो सामग्री तयार पार्दाको समयमा नेपालमा दोस्रो नम्बरको ट्रेण्डिङमा छ । सम्भवतः यो गीत पहिलो नम्बरमा पनि पुग्नेछ । यो सामग्री तयार पार्दाको समयमा यस गीतको म्युजिक भिडियोमा १५ लाख ७० हजारभन्दा बढी भ्यूज पुगेको छ । म्युजिक भिडियोमा ५१ हजार लाईक र ३ हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् यो भिडियो फिचर–

चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत तथा एरेञ्जमा तयार भएको यो गीतलाई सजन शाहले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतलाई ए प्लस स्टुडियोमा रेकर्डिस्ट नरेश बिबिसीले रेकर्ड गरेका हुन् । गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा, बसन्त अधिकारी, माधव शर्मा, शिशिर श्रेष्ठ, अनामिका बराकोटी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन तथा विधान कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा फरक परिवेश र वर्गका एक जोडी प्रेमी प्रेमिकाको कथा समावेश गरिएको छ । गीत र म्युजिक भिडियो उत्कृष्ट बनेकोले यसलाई दर्शक र श्रोताहरुले सर्वाधिक रुचाएका हुन् ।

आदरणीय दर्शकविन्द, तपाईलाई प्रविण बेड्वाल र समिक्षा अधिकारीको यो गीत कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । भिडियोको लिंक यस भिडियोको डिस्क्रीप्सनमा पनि राखिएको छ । साथै युट्युबमा द डिभाईन म्यूजिक सर्च गरेर पनि सिधै हेर्नसक्नुहुनेछ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*