सुदिमन्ता जोडीले मच्चाए तहल्का

१७ आश्विन २०७७, शनिबार २०:४६
Featured Video Play Icon

मकवानपुर, १७ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा टिकटक ट्विन्स दिपा–दमन्ता श्रेष्ठ र कोरियोग्राफर सुनिल बिकको जोडीले तहल्का मच्चाएका छन् । स्टेजमा सुदिमन्ता जोडीका नामले परिचित यो जोडीले दोस्रो साता सर्वाधिक ३० अंक प्राप्त गर्दै तहल्का मच्चाएका हुन् । उनीहरु नै दोस्रो हप्ता ३० मा ३० नै अंक प्राप्त गर्ने अनि स्टाण्डिङ अवेशन प्राप्त गर्ने पहिलो जोडी हुन् । उनीहरुले सजनराज वैद्यको ‘हतारिँदै बतासिँदै’ बोलको गीतमा ईमोशनलका र सन्देशमुलक प्रस्तुति दिएका थिए । हेर्नुहोस् यो भिडियो फिचर–

एक दुःखमा परेको युवालाई दुई दिदीबहिनी मिलेर सडकबाट स्कूलसम्म पुराएको मन छुने दृश्य समावेश गरिएको ओपन स्टाईल डान्स फर्मको यो प्रस्तुतिमा निर्णायकहरु सबैले स्टाण्डिङ अवेशन दिएका थिए । यो प्रस्तुति नृत्य मात्र नभएर एउटा सिंगो कथा बोकेको सन्देशमुलक अनि मन छुने प्रस्तुति थियो । प्रस्तुतिको हरेक बिटमा फरक फरक स्टाईल, अनि फरक फरक कथात्मक अभिव्यक्ति पाईन्थ्यो । उनीहरुको प्रस्तुतिलाई निर्णायकहरुले निक्कै प्रशंसा गरेका थिए । यो जोडीलाई तिनै जना निर्णायकहरुले १०–१० अंकसहित जम्मा ३० अंक प्रदान गरेका हुन् । यो जोडीले गत साता २४ अंक प्राप्त गरेका थिए । यो सँगै उनीहरुले जम्मा ५४ अंक प्राप्त गरेका छन् । शोमा सहभागी भएका जोडीहरुले उनीहरुले यो अंक सहित बुधबारसम्म पाएको अंकका आधारमा शनिबार रिजल्ट निकालिने छ । आदरणीय दर्शकविन्द, तपाईलाई दिपादमन्ता र सुनिलको यो प्रस्तुति कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्–
नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठको पहिलो गीत सार्वजनिक भएको छ । मेघाको ‘पोल्छ’ बोलको पहिलो गीत सार्वजनिक भएको हो । निर्देशक लोकेश बज्राचार्यको अफिसियल युट्युब च्यानलबाट ११ अगष्ट २०२० मा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।रोहित जोन क्षेत्रीको अडियो प्रोडक्सनमा तयार भएको गीतमा लोकेश बज्राचार्यको शब्द र संगीत रहेको छ । गीतलाई बिजु कर्माचार्यले मिक्सिङ–मास्टरिङ गरेका हुन् । गीतको म्युजिक भिडियोमा मेघा आफैले अभिनय गरेकी छिन् । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोलाई लोकेश बज्राचार्यले नै निर्देशन र सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*