सुमी मोक्तान र भिजु पार्कीको नृत्यमा ‘निर्मलाको बेदना’, फेरि पाए ३० अंक

१७ आश्विन २०७७, शनिबार २०:३१
Featured Video Play Icon

मकवानपुर, १७ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले निर्मला पन्त र उनको परिवारको बेदनालाई रियालिटी शोमार्फत विश्वभर पुराएका छन् । निर्मला पन्त र उनको परिवारको बेदनालाई प्रस्तुत गर्दै उनीहरुले निर्णायक र दर्शकहरुको आँखामा आँशु टिलपिलाईदिएका छन् ।

नृत्य प्रस्तुतीमा देखाइएका प्रत्येक पलहरुमा निर्मला र उनको परिवारको बेदनालाई समावेश गरिएको थियो । यो प्रस्तुतिको समापनले सबैलाई स्तब्ध बनाउन सफल भयो । निर्णायकहरुमात्र नभई प्रस्तुति दिएका सुमी र बिजुले पनि निर्मलाको बेदना महशुस गर्दै भावुक भएका थिए । उनीहरुले निर्मलालाई न्याय दिलाउन प्रस्तुति मार्फत नै सन्देश दिएका छन् । हेर्नुहोस् भिडियो फिचर–

उनीहरुले ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा कन्टेम्प्ररी डान्स फर्म प्रयोग गर्दै प्रस्तुति दिएका थिए । उनीहरुलेल प्रस्तुति दिँदा नायिका सुमी मोक्तानलाई निर्मलाकै गेटअपमा प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतिमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिँदै उनीहरुको नृत्यको प्रशंसा गरेका छन् । निर्णायक रेनेशा राईले उनीहरुलाई स्टेजमै गएर प्रशंसा गरेका थिए । सुबिजु जोडीको यो प्रस्तुति सत्य घटनामा आधारित चलचित्र जस्तै भएको थियो । उनीहरुलाई तिनै जना निर्णायकहरुले १०–१० अंक प्रदान गर्दै सर्वाधिक ३० अंक दिएका थिए । यो जोडीले गत साता पनि ३० मा ३० नै अंक पाएका थिए । यो सँगै उनीहरुले कुल ६० अंक प्राप्त गरेका छन् । यो कुल अंक र बुधबारसम्म उनीहरुले पाएको भोटको आधारमा शनिबार रिजल्ट निकालिनेछ ।
आदरणिय दर्शकविन्द, तपाईलाई सुबिजु जोडीको यो प्रस्तुति कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्–
अब जिमेलबाटै जुममा जस्तै यसरी मिटिङ गरौँ
विश्व नै समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपह? निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताह?लाई उपलब्ध गराएको छ । गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सु? गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनह? गर्न सक्नुहुन्छ । तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउनसक्नुहुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाह? तोकिएका थिए । अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीह? दिँदैछु । साथै केही सेटिङह?का बारेमा पनि बताउनेछु । कृपया भिडियो अन्तिमसम्मै हेर्नुहोला । यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । आउनुहोस् यो एपमा मिटिङ गर्ने तरिकाबारे जानकारी लिउँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*