तामाङ चलचित्र ‘तिङ्ला पुजु’ को दोस्रो गीत सार्वजनिक

१७ आश्विन २०७७, शनिबार २०:२२

चन्द्र घलान, मकवानपुर, १७ असोज । तामाङ भाषाको चलचित्र ‘तिङ्ला पुजु’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘सेम्ला र्हो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो । गीतमा चर्चित गायक शुभ तामाङ र गायिका बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । कमल रुम्बाको शब्द तथा संगीतमा तयार भएको गीतलाई बुद्ध स्याङ्बाले एरेञ्ज गरेका हुन् । गीतमा जीवनसाथीलाई मनभित्रको मित्रका रुपमा चर्चा गरिएको छ । चलचित्रको गीत जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत ३ अक्टोबर २०२० मा प्रिमियर गरिएको हो । यस गीतको भिडियोमा चलचित्रका नायक रोशन थिङ तामाङ र नायिका कल्पना वाईबालाई फिचरिङ गरिएको छ । हेर्नुहोस् म्युजिक भिडियो–

यसअघि नै चलचित्रको ‘सार्सी साम्बा म्हेन्दो’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो । उक्त गीतको शब्द तथा संगीत कमल रुम्बाले तयार पारेका हुन् । यस गीतमा पनि चर्चित गायक शुभ तामाङ र चर्चित गायिका सिर्जना स्याङ्तानको आवाज रहेको छ । गीतलाई दिपेश प्रधानले एरेञ्ज र मिक्स गरेका हुन् । ओईलाएर जाने फुल जस्तो आफुहरुबिचको प्रेम नभएको भावना यस गीतमा समावेश छ । चलचित्रको गीत जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत ७ अगष्ट २०२० मा प्रिमियर गरिएको थियो । म्यूजिक भिडियोमा चलचित्रका नायक जय स्याङ्तान र नायिका अबिना गोलेलाई फिचरिङ गरिएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट–

चलचित्र ‘तिङ्ला पुजु’ मा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् । चलचित्रको पब्लिसिटी डिजाई सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रका गीतहरुमा शुभ तामाङ, दुखी तामाङ, बबिता पाख्रिन र सिर्जना स्याङ्तानको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतहरु बुद्ध स्याङ्बा र दिपेश प्रधानले एरेञ्ज गरेका छन् । गीतहरु दिप स्टुडियोमा तयार पारिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*