डान्सिङ विथ द स्टार्स नेपालमा यो साता यस्तो हुँदैछ

१६ आश्विन २०७७, शुक्रबार १९:४४
Featured Video Play Icon

मकवानपुर, १६ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को शुक्रबारदेखि दोस्रो हप्ताको प्रस्तुतिहरु सुरु हुँदैछन् । यो साता गत साताको २ एपिसोडहरुमा प्रस्तुति दिएका ११ जोडीहरुमध्ये एक जोडी शोबाट बाहिरिने छन् । साथै उत्कृष्ट १० जोडीहरुको भिडन्त पनि यसै साताबाट सुरु हुनेछ । गत साता प्रस्तुति दिएका ३ जोडीहरुले सर्वाधिक ३० अंक र ३ जोडीले कम अंक ल्याएका थिए । यो साता खतरामा परेका ३ जोडीहरुमध्येबाट वा अन्य जोडीहरुमध्येबाट एक जोडी बाहिरिनेछन् । यो साता कसले के प्रस्तुति दिनेछन् भन्ने विषयमा कुनै प्रोमो सार्वजनिक भएको छैन तर यस प्रतियोगिताका सहभागी स्टार र कोरियोग्राफरहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका केही तस्बिर र भिडियोका आधारमा यो साता उनीहरुको प्रस्तुति दमदार हुने देखिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

गत साता सर्वाधिक ३० अंक ल्याउने जोडीहरुमध्येको एक प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको ‘प्रयत्न जोडी’ ले स्ट्रीट ज्याज प्रस्तुत गर्दैछन् । उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तस्बिरबाट यो कुरा प्रष्ट हुन्छ । त्यस्तै शोका चर्चित बुद्धिका जोडी अर्थात बुद्ध लामा र केबिका खत्रीले यो साता नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गर्दैछन् । तामाङ ड्रेसमा सजिएका कारण उनीहरुले तामाङ सेलोमा नृत्य प्रस्तुत गर्नसक्ने सम्भावना देखिएको छ । त्यस्तै गत साता निर्णायकहरुलाई स्तब्ध बनाईदिएका ज्योति मगर र लाउरे सिंहको ‘ज्योतिला जोडी’ ले यो साता एउटा रोमान्टिक डान्सिङ नम्बर प्रस्तुत गर्नेछन् । यो कुरा पनि उनीहरुको पोष्टबाट थाहा पाउन सकिन्छ ।

गत साता नै सर्वाधिक ३० अंक प्राप्त गर्न सफल ‘सुबिजु’ जोडी अर्थात सुमी मोक्तान र बिजु पार्कीको जोडीले यो साता एउटा दर्दनाक कथालाई नृत्यमा उतार्दैछन् । उनीहरुले निर्मला पन्तको विषयलाई उठान गरेको उनीहरुको पोष्टबाट थाहा पाउन सकिन्छ । गत साता एक सैनिक र नर्सको कथालाई नृत्यमा उतारेका जनकपुरे भाईरल जोडी पुजा ठाकुर र राजिव समरको ‘पुराजिव’ जोडीले यो साता पनि धमाकेदार प्रस्तुति दिनेछन् । सम्भवत यो साता उनीहरुको नृत्य साँस्कृतिक र मोर्डन मिश्रित हुनेछ । त्यस्तै टिकटक ट्विन्स दिपा–दमन्ता श्रेष्ठ र कोरियोग्राफर सुनिल बिकको ‘सुदिमन्ता’ जोडीले यो साता एउटा मर्मस्पर्शी कथालाई नृत्यमा उतार्दैछन् । त्यस्तै अन्य प्रतियोगीहरुले पनि आफ्नो उत्कृष्ट प्रस्तुतिहरुलाई शोमा प्रस्तुत गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*