खतराको घेरामा ३ जोडी

१६ आश्विन २०७७, शुक्रबार १६:२१
Featured Video Play Icon

मकवानपुर, १६ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को पहिलो साताको एपिसोडहरुबाट ३ जोडीहरु खतराको घेरामा परेका छन् । उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको स्कोरको आधारमा ती ३ जोडीहरु बटम ३ मा पर्ने जोखिममा परेका हुन् । हुन त निर्णायकले दिएको अंकका आधारमा मात्र नतिजा आउँदैन यसमा दर्शकहरुको भोटको पनि उत्तिकै भूमिका रहन्छ । दर्शकहरुले आईएमई पेबाट शुल्क तिरेर भोट गर्न सक्छन् । तर निर्णायकहरुको अंकले पनि उनीहरुको अर्को साताको यात्रामा ठूलो भूमिका खेल्ने देखिन्छ । हेर्नुहोस् यो भिडियो सामग्री–

यो साता कम अंक प्राप्त गरेर जोखिममा परेका जोडीहरुमा रक्षा श्रेष्ठ र सरोज मोक्तानको ‘रकरोज’ जोडी, दिपा–दमन्ता श्रेष्ठ र सुनिल बिकको ‘सुदिमन्ता’ जोडी तथा पुजा ठाकुर र राजिव समरको ‘पुराजिव जोडी’ रहेका छन् । अंकका हिसाबले सबैभन्दा खतरामा रक्षा र सरोजको जोडी रहेको छ । यो जोडीले निर्णायकहरुबाट २२ अंक प्राप्त गरेका थिए । त्यस्तै दिपादमन्ता र सुनिलको जोडी तथा पुजा र राजिवको जोडीले समान २४–२४ अंक प्राप्त गरेका छन् । अंकका आधारमा यी ३ जोडीहरुलाई यो साता खतरा हुनेछ । तर दर्शक भोटले निर्णायकले दिएको अंकलाई पनि माथ खुवाउन सक्ने अवस्था समेत रहेको छ ।

गत साता रक्षा र सरोजले ‘पहिलो नम्बरमा’ बोलको गीतमा फ्रि स्टाईल डान्स प्रस्तुति दिएका थिए । त्यस्तै दिपा–दमन्ता र सुनिलको जोडीले ‘पिच रोड’बोलको गीतमा ‘टटिङ एण्ड पपिङ डान्स स्टाईल’ मा प्रस्तुति दिएका थिए । गत साता नै पुजा र राजिवको जोडीले ‘मरि जाउ’ बोलको गीतमा ‘फ्रि स्टाईल कन्टेम्प्ररी’ डान्स गरेका थिए । उनीहरुले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कथालाई नृत्यमा प्रस्तुत गरेका थिए ।
आदरणीय दर्शकविन्द, तपाईलाई यी जोडीहरुमध्ये कुन कुन जोडी अघिल्लो राउण्डका लागि छानिएलान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*