बुद्ध र केबिकाको डान्समा ताली र हुटिङको वर्षा

१६ आश्विन २०७७, शुक्रबार १६:१२
Featured Video Play Icon

मकवानपुर, १६ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा प्रतियोगिताका चर्चित जोडी बुद्ध लामा र केबिका खत्रीले तहल्का मच्चाउन सुरु गरेका छन् । प्रतियोगिताको घोषणा भएदेखि नै चर्चामा रहेका बुद्ध र केबिकाको जोडीले यस शोको पहिलो हप्ता ताली र हुटिङको वर्षा हुने गरी डान्स गरेका छन् । स्टेजमा ‘बुद्धिका’ नामले चर्चित भएको यो जोडीले आफ्नो पहिलो प्रस्तुतिका रुपमा गायक बुद्ध लामाकै आवाजमा रहेको ‘सानी नरिसाउन न’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस शोमा सर्वाधिक केमेस्ट्री मिलेको जोडीका रुपमा चर्चा कमाउन सफल यो जोडीले नृत्यसँगै दर्शक र निर्णायकहरुको मन पनि जित्न सफल भएका छन् । स्टेजमा बुद्ध र केबिकाको जोडी सबैभन्दा रमाईलो गर्ने जोडीका रुपमा पनि चिनिएका छन् । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

फ्रि स्टाईल डान्स प्रस्तुत गरेको यो जोडीलाई निर्णायकहरुले प्रशंसा गर्दै सफलताको शुभकामना दिएका छन् । रिसाएकी प्रेमिकालाई फकाउँदा फकाउँदै नृत्यमा जमेको यो प्रस्तुतिमा निर्णायक र दर्शक सबैले ईञ्जोय गरेका थिए । बुद्ध र केबिकाको चर्चा गर्दै निर्णायक दिलिप रायमाझीले बुद्धले गायनमा मात्र नभई नृत्यमार्फत पनि दर्शकहरुको मन जित्न सक्ने देखिएको बताएका थिए । साथै केबिकाको कोरियोग्राफीको पनि उनले चर्चा गरेका थिए । तिनै जना निर्णायकहरुले उनीहरुको नृत्यको प्रशंसा गर्दै उनीहरुको जोडी क्युट देखिएको पनि बताएका थिए । उनीहरुलाई निर्णायक दिलिप रायमाझीले ९ अंक, गौरी मल्लले ९ र रेनेशा राईले ८ गरी जम्मा २६ अंक प्रदान गरेका थिए । यो जोडीलाई बुधबारसम्म आइएमई पेमार्फत चाहेको जत्ति भोट गर्न सकिन्छ । यो जोडीको भोटिङ कोड ०१ हो । आदरणीय दर्शकविन्द, तपाईलाई बुद्ध र केबिकाको डान्स कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*