ज्योति र लाहुरेले नाचेरै रुवाए निर्णायक र दर्शक

१६ आश्विन २०७७, शुक्रबार १६:०१
Featured Video Play Icon

मकवानपुर, १६ असोज । चर्चित लोक गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहले नाचेरै दर्शक र निर्णायकहरुलाई भावुक बनाईदिएका छन् । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा शनिबार उनीहरुले एउटा भावनात्मक पिडालाई नृत्यमा पस्किए । एउटा दम्पत्तिले आर्थिक अभावकै कारण छुट्टिनुपर्दाको पिडालाई उनीहरुले नृत्यको तालमा यसरी मिसाईदिएकी उनीहरुको प्रस्तुति हेरेर निर्णायक र दर्शकहरुको आँखा रसाए । निर्णायक गौरी मल्ल र दिलिप रायमाझीको गला अवरुद्ध भयो । उनीहरुसहित सहभागीहरुको आँखामा आँशु टिलपिल टिलपिल भएका थिए । साहुको ऋण, सन्तानको उज्जवल भविष्य र श्रीमान श्रीमतीको प्रेमबिच पलाएको पिडादायी वैदेशिक यात्राले कति पिडा दिन्छ भन्ने भावलाई उनीहरुले नृत्य मार्फत नै देखाएका थिए । हेर्नुहोस् भिडियो रिपोर्ट–

गायिका ज्योति मगरलाई यसअघि स्टेज तताउने र दर्शक उफार्ने गायिकाका रुपमा मात्र चिनिन्थ्यो तर शनिबारपछि भने उनको परिचय फेरिएको छ । उनलाई कोरियोग्राफर लाउरे सिंहले मेहनतका साथ नृत्य सिकाएका छन् अनि उनले पनि त्यसमा बडो मेहनत गरेकी छिन् । नरेश खाती र समिक्षा अधिकारीको आवाजमा रहेको ‘माया मारेर’ बोलको गीतमा उनीहरुले कन्टेम्प्ररी डान्स प्रस्तुत गरेका थिए । भावनात्मक कथा बुनिएको यस नृत्यमा उनीहरुले निर्णायकहरुबाट ३० मा ३० नै अंक प्राप्त गरेका थिए । उनीहरुको प्रस्तुतिमा निर्णायकहरुमात्र नभई प्रतियोगिताका प्रतिस्पर्धीहरुले पनि स्टाण्डिङ अवेशन दिएका थिए ।

निर्णायकहरुले गायिका ज्योति मगरबाट आसै नगरेको प्रस्तुति पाएका थिए । सधैँ हँसाउने गायिकाको भावनात्मक प्रस्तुतिले सबैलाई चकित पारेको थियो । ज्योति र लाउरेको नृत्य एक अभिव्यक्ति भएको भन्दै निर्णायहरुले उनीहरुको प्रशंसा गरेका छन् । उनीहरुलाई बुधबारसम्म आइएमई पेबाट भोट गर्न सकिन्छ । ज्योति र लाउरेको भोटिङ कोड ०६ हो । उनीहरुलाई स्टेजमा ज्योतिला नाम दिइएको छ । आदरणीय दर्शकविन्द, ज्योति र लाउरेको यो डान्स तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*