यस्तो बन्यो शंकर योङहाङ र मेलिना राईको ‘दुनियाँलाई दूर राखौँला’

१३ आश्विन २०७७, मंगलवार २२:०३
Featured Video Play Icon

मकवानपुर, १३ असोज । गायक शंकर योङहाङ र गायिका मेलिना राईको ‘दुनियाँलाई दूर राखौँला’ बोलको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । शंकर र मेलिनाको यो गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत २५ सेप्टेम्बर २०२० मा सार्वजनिक भएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

सुबिन श्रेष्ठ र शंकर योङहाङको शब्दमा तयार भएको गीतलाई सुबिन श्रेष्ठले संगीत भरेका हुन् । गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन् । रेकर्डिष्ट भानुभक्त ढकालले रेकर्ड गरेको गीतलाई श्याम बगदासले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतको म्युजिक भिडियोमा विकाश लामिछाने र ऋचा थापाको मूख्य अभिनय रहेको छ । त्यस्तै माया भण्डारी, गोमा न्यौपाने लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । किरण दाहालको परिकल्पना तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई बिकेश मगरले छायाँकन तथा सम्पादन गरेका छन् । म्युजिक भिडियोमा जातियता व्यवस्थाको चपेटामा परेको प्रेम कथालाई समावेश गरिएको छ । गीतको शब्दसँगै बग्ने कथाले दर्शकहरुको मन जित्ने सम्भावना देखिएको छ । हेर्नुहोस् गीतको म्यूजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*