फेरि छानिए उत्कृष्ट ५

१३ आश्विन २०७७, मंगलवार २१:४७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १३ असोज । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को ऋषभ राउण्डको दोस्रो भागबाट पनि ५ जना प्रतियोगीहरु चौथो राउण्डका लागि छानिएका छन् । दोस्रो भागमा भिडेका ८ जना प्रतियोगीहरुमध्ये सलिना बिक, स्याङ्जाका किरण गुरुङ, समिक्षा दाहाल, एलिना गुरुङ र अनिल बिक चौथो राउण्डका लागि छानिएका छन् । त्यस्तै ऋषभ राउण्डको दोस्रो भागबाट चितवनका किरण गुरुङ, सुनिल बस्याल र सानकुमार तामाङ बाहिरिएका छन् । यस भिडियो सामग्रीमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी छैटौँ प्रतियोगी हुन् सलिना बिक । सलिनाले ऋषभ राउण्डमा शान्ति ठटालको ‘सम्हालेर राख’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनलाई केही सुधारका लागि पनि निर्णायकहरुले सुझाव दिएका थिए । चितवन अडिसनबाट छानिएकी सलिना अहिले अध्ययनसँगै संगीतलाई पनि अगाडि बढाईरहेकी छिन् । संगीत क्षेत्रमा नै भविष्य खोजिरहेकी सलिनालाई परिवारबाट संगीत क्षेत्रमा लाग्न सबैको साथ छ । छोरीले पनि केही गर्न सक्छे भन्ने देखाउन तम्तयार भएर अगाडि बढेकी सलिना संगीत क्षेत्रमै लागेर आमाबुवाको नामलाई चम्काउन चाहान्छिन् । यसअघि उनले नेपाल आईडलको केही सिजनमा समेत सहभागिता जनाएकी थिईन् । उनी २० वर्षकी छिन् ।किरण गुरुङ– नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका सातौँ प्रतियोगी हुन् स्याङ्जाका किरण गुरुङ । पोखरा अडिसनबाट छानिएका किरणले ऋषभ राउण्डमा जगदिश समालको ‘अलिअलि भन्दाभन्दै’ बोलको गीत गाएका थिए । निर्णायकहरुले उनको बेस भोकलको प्रशंसा गर्दै उनले सुधार्नु पर्ने केही कुराहरुबारे पनि सुझाव दिएका थिए । २५ वर्षीय किरण स्याङ्जा निवासी हुन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी आठौँ प्रतियोगी हुन् समिक्षा दाहाल । समिक्षाले ऋषभ राउण्डमा केञ्जल मेहर श्रेष्ठको ‘शब्द’ बोलको गीत गाएकी थिईन् । उनको आवाजमा मिठास भएको भन्दै निर्णायकहरुले उनलाई केही सुधारका लागि पनि सुझाव दिएका थिए । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको फिक्कल निवासी हुन । उनी बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनले गाउँदा साथीहरु पनि उनलाई सपोर्ट गर्थे । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । उनी उत्कृष्ट १२ छनौटका क्रममा बाहिरिएकी थिईन् । केही कभर गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनी २३ वर्षकी छिन् । एलिना गुरुङ– नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी नवौँ प्रतियोगी हुन् एलिना गुरुङ । चितवन अडिसनबाट छानिएकी एलिनाले ऋषभ राउण्डमा सिने गुरुङ र सविन राईको आवाजमा रहेको ‘माया’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुतिमा सुधारमा भएको भन्दै उनलाई सुधार गर्नुपर्ने थप विषयमा पनि सल्लाह दिएका थिए । साँगितिक क्षेत्रमा लागेको करिब ४ वर्ष भईसकेको बताउने एलिना पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका दशौँ प्रतियोगी हुन् अनिल बिक । बर्दिबास अडिसनबाट छानिएका अनिलले ऋषभ राउण्डमा कर्ण दासको ‘अनौठो व्यथा भएछ’ बोलको गीत गाएका थिए । तहल्का मच्चाउने प्रस्तुति दिएका अनिलले निर्णायकहरुको मन जितेका थिए । उनका सांगितिक हर्कतहरुलाई पनि निर्णायकहरुले रुचाएका थिए । पोखरा निवासी अनिल संगीत सिक्दै र सिकाउँदै पनि छन् । उनका केही कभर गीतहरु पनि सार्वजनिक भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*