प्रविण बेड्वालको ‘मुटुभित्रै राख्छु तिमीलाई’ यति रोमान्टिक बन्यो

१३ आश्विन २०७७, मंगलवार १४:२६
Featured Video Play Icon

मकवानपुर, १३ असोज । छोटो समयमै दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायक प्रविण बेड्वालको नयाँ गीत सार्वजनिक भएको छ । प्रविणको ‘मुटुभित्रै राख्छु तिमीलाई’ बोलको यो गीत गीतकार दुर्गा प्रसाद कडारियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । २८ सेप्टेम्बर २०२० मा सार्वजनिक भएको यो गीत निक्कै नै रोमान्टिक बनेको छ । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

गीतकार दुर्गाप्रसाद कडरियाको शब्द रहेको यो गीतमा प्रविण बेड्वालको आवाज तथा रमेश कडरियाको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । गीतका रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । गीतको म्यूजिक भिडियोमा नवराज सिंह खड्का र प्रतिशा रिजालले अभिनय गरेका छन् । रिकेश बज्राचार्यले निर्देशन तथा सम्पादनमा बनेको भिडियोलाई विशाल श्रेष्ठले छायाँकन गरेका हुन् । बज क्रियशनले तयार पारेको म्युजिक भिडियोमा एउटा प्रेमकथालाई समावेश गरिएको छ । एक श्रीमान र श्रीमतीको बिगतको कथा र वर्तमानको कथा वरिपरि भिडियो निर्माण भएको छ । हेर्नुहोस् म्युजिक भिडियो–

आदरणीय दर्शकविन्द, तपाईलाई प्रविण बेड्वालको यो गीत कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यो गीतको लिंक भिडियोको डिस्क्रीप्सनमा राखिएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्–
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ । अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*