सृष्टि र केशवलाई सर्वाधिक अंक

११ आश्विन २०७७, आईतवार १५:४८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ११ असोज । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को पहिलो एपिसोडमा सृष्टि केसी र केशव थापाको जोडीले सर्वाधिक अंक प्राप्त गरेका छन् । उनीहरुको प्रस्तुतिमा निर्णायकहरुले स्टाण्डिङ अवेशनका साथै जम्मा २९ अंक प्रदान गरेका थिए । उनीहरुको प्रस्तुति पहिलो एपिसोडको उत्कृष्ट प्रस्तुति समेत बन्न सफल भएको छ । त्यस्तै दिवान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडीले २७ अंक तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र कोरियोग्राफर युमी बलामीको जोडीले २६ अंक प्राप्त गरेका छन् । यो जोडीलाई पनि निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । साथै फुलन्देको आमाका नामले परिचित उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले २५ अंक तथा कलाकार रक्षा श्रेष्ठ र कोरियोग्राफर सरोज मोक्तानको जोडीले २२ अंक प्राप्त गरेका छन् । पहिलो एपिसोडमा ११ जोडीमध्ये ५ जोडीले प्रस्तुति दिएका थिए । यी ५ जोडीहरुको समग्र प्रस्तुति कस्तो भयो, उनीहरुले कुन फर्मममा डान्स गरे अनि निर्णायकहरुले के भने ? आउनुहोस् त्यस बारेमा चर्चा गरौँ । हेर्नुहोस् भिडियो फिचर–

पहिलो एपिसोडको पहिलो प्रस्तुति नेपाली फुटबल टिमका पुर्व कप्तान हरि खड्का र युमी बलामीको जोडीले दिएका थिए । ‘हामी’ जोडीको यो प्रस्तुति ‘पराना’ बोलको गीतमा रहेको थियो । प्रस्तुतिमा तहल्का मच्चाएका हरि र युमीलाई निर्णायकहरुले प्रशंसा गर्दै कमेन्ट दिएका थिए । उनीहरुको प्रस्तुतिमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनीहरुले फ्रि स्टाईलमा डान्स प्रस्तुत गरेका थिए । यो जोडीलाई निर्णायक दिलिप रायमाझी र गौरी मल्लले ९–९ अंक र रेनशा राईले ८ अंक दिएका थिए । यो जोडीले जम्मा २६ अंक पाएका थिए । यो जोडीलाई भोट गर्नका लागि आईएमई पेको ईभेन्ट अन्तर्गत डान्सिङ विथ द स्टार्स नेपालमा गएर हरि खड्काको तस्बिरमा गई चाहेको जति भोट गर्न सकिन्छ । उनीहरुको भोटिङ कोड ०५ हो ।
त्यस्तै दोस्रो प्रस्तुतिमा फुलन्देको आमाको नामले परिचित उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीले प्रस्तुति दिएका थिए । उनीहरुले ‘कम्मरको ट्याटु’ बोलको गीतमा फ्रि स्टाईल डान्स गरेका थिए । उनीहरुले सानो एक्ट सहितको प्रस्तुति दिएका थिए । ‘आमोद’ नाम पाएको यो जोडीले निर्णायकहरुबाट प्रशंसासहितको कमेन्ट पाएका थिए । उनीहरुले निर्णायक गौरी मल्ल र दिलिप रायमाझीबाट समान ९–९ अंक र रेनशा राईबाट ७ अंक गरी जम्मा २५ अंक प्राप्त गरेका थिए । यस एपिसोडको तेस्रो नम्बरमा कलाकार रक्षा श्रेष्ठ र कोरियोग्राफर सरोज मोक्तानले प्रस्तुति दिएका थिए । उनीहरुले ‘पहिलो नम्बरमा’ बोलको गीतमा फ्रि स्टाईल डान्स प्रस्तुति दिएका थिए । ईनर्जेटिक प्रस्तुति दिएको यो जोडीको निर्णायकहरुले प्रशंसा गरेका थिए । उनीहरुलाई स्टेजमा ‘रकरोज’ जोडीको नामले चिनाइएको छ । उनीहरुले निर्णायक रेनेशा र गौरीबाट ७–७ अंक र दिलिपबाट ८ अंक गरी जम्मा २२ अंक प्राप्त गरेका छन् ।

पहिलो एपिसोडको चौथो नम्बरमा लिटिल स्टार दिवान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडीले प्रस्तुति दिएका थिए । यो जोडीलाई कोरियोग्राफर सञ्जय लामाले कोरियोग्राफ गर्दैछन् । उनीहरुले ‘चप्पल पड्काउँदै’ बोलको गीतमा फ्रि स्टाईल डान्स प्रस्तुति दिएका थिए । क्युट प्रस्तुति दिएका यो जोडीले निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उनीहरुलाई ‘देवार्थ’ नामले स्टेजमा चिनाइएको छ । उनीहरुले तिनै जना निर्णायकहरुबाट ९–९ अंक प्राप्त गरी जम्मा २७ अंक प्राप्त गरेका छन् । यो जोडीलाई भोट गर्नका लागि आईएमई पेको ईभेन्ट अन्तर्गत डान्सिङ विथ द स्टार्स नेपालमा गएर दिवान्सीको तस्बिरमा गई चाहेको जति भोट गर्न सकिन्छ । उनीहरुको भोटिङ कोड ०३ हो । यस एपिसोडको अन्तिम प्रस्तुति अर्थात पाँचौँ प्रस्तुति सृष्टि केसी र कोरियाग्राफर केशव थापाले दिएका थिए । उनीहरुले ‘मायान्तर’ बोलको गीतमा प्रस्तुति दिएका थिए । आँखा नदेखेपनि सृष्टिले गरेको नृत्य र केशवले धैर्य हुँदै मेहनतका साथ सिकाइएको यो प्रस्तुतिले स्टेजमा निक्कै तहल्का मच्चाउन सफल भएको थियो । फ्युजन अफ वाल्ज डान्स स्टाईलमा गरिएको यो प्रस्तुतिमा सृष्टि र केशवले निर्णायकको मन जितेका थिए । उनीहरुको प्रस्तुतिमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनीहरुको प्रस्तुतिमा निर्णायकदेखि सहभागीसम्मको आँखा रसाएका थिए । उनीहरुले निर्णायक दिलिप र गौरीबाट १०–१० अंक र रेनेशाबाट ९ अंक गरी जम्मा २९ अंक प्राप्त गरेका छन् । यो अंक नै पहिलो एपिसोडको सर्वाधिक बढी प्राप्त भएको अंक हो । यो जोडीलाई स्टेजमा ‘श्रीसव’ नामले चिनाइएको छ । यो जोडीलाई भोट गर्नका लागि आईएमई पेको ईभेन्ट अन्तर्गत डान्सिङ विथ द स्टार्स नेपालमा गएर सृष्टिको तस्बिरमा गई चाहेको जति भोट गर्न सकिन्छ । उनीहरुको भोटिङ कोड १० हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*