बुद्ध र केबिकाको जोडी दिनदिनै भाईरल

११ आश्विन २०७७, आईतवार १५:३९
Featured Video Play Icon

मकवानपुर, ११ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा ११ जना स्टार र कोरियोग्राफरहरुको जोडीले प्रतिस्पर्धा गरिरहेका छन् । ती जोडीहरु आ–आफ्नै छुट्टै कारणहरुले चर्चामा छन् । उनीहरु यो शो सुरु हुनुअघि देखि नै चर्चामा थिए । यस्तै चर्चामा आएका जोडीहरुमध्ये दिनदिनै भाईरल भईरहेको जोडी हो बुद्ध लामा र केबिका खत्रीको जोडी । यो जोडीले स्टेजमा डान्स गर्नुपूर्व नै चर्चा कमाउन सफल भएको छ । राम्रो केमिस्ट्री र उनीहरुबिचको मित्रता बलियो भएका कारण पनि उनीहरुलाई रुचाइएको छ । हिमालयन टेलिभिजनको च्यानलबाट अपलोड भएको ग्राण्ड प्रिमियर शोमा मात्र होईन उनीहरुका बारेमा बनेका जुनसुकै भिडियोहरुका कमेन्ट बक्सहरुमा यो जोडीको चर्चा बेजोड बनेको छ । उनीहरु दुबैले तयारी गर्दै गरेको एक भिडियो पनि यतिखेर भाईरल बनेको छ । हेर्नुहोस् यो भिडियो सामग्री–

यो भिडियो मात्र होईन । उनीहरुबिचको ओपनिङ डान्सको भिडियो पनि यतिखेर चर्चामा छ । यो जोडीलाई युनिक जोडीका रुपमा पनि चर्चा गरिएको छ । यो जोडीको डान्स मात्र होईन ईन्टरभ्यूहरु पनि चर्चामा छन् । केही हप्ता अघि हिमालयन टेलिभिजनको ईभेनिङ शोमा पनि उनीहरुको चर्चा भएको थियो । यो जोडी नै ११ जोडीहरुमध्ये सर्वाधिक रियालिटी शोको अनुभव लिइएसकेको जोडी पनि हो ।

बुद्ध लामा पहिलो नेपाल आईडल हुन् । बुद्धले नेपालमा पहिलो पटक विदेशी रियालिटी शोको फ्रेन्चाईजका रुपमा संचालनमा आएको नेपाल आईडलको पहिलो सिजन सन् २०१७ मा जितेका थिए । चर्चित गायकको पहिचान स्थापित गरेका बुद्धको नृत्य शैली पनि राम्रो रहेको केबिका दाबी गर्छिन् । त्यस्तै केबिका खत्री चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । नेपाल टेलिभिजनबाट प्रसारणमा आएको चर्चित डान्सिङ रियालिटी शो ‘छमछमी सिजन ३’ को फाईनालिष्ट समेत रहेकी केबिका डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध लामाको बलियो जोडीका रुपमा देखिएकी छिन् । उनी युट्युब फेसबुक डान्स कम्पिटिसन ‘दुनिया बेग्लै छ’ को विजेता समेत बनेकी थिइन् । त्यस्तै लेटमी डान्स नेपाल र अल नेपाल डान्स च्याम्पियनमा पनि फाइनलमा पुगेकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*