नेपाल स्टारमा ऋषभ राउण्डको पहिलो भागबाट छानिएका ५ प्रतियोगीहरु

१० आश्विन २०७७, शनिबार १९:५६
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १० असोज । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को ऋषभ राउण्डको पहिलो भागबाट ५ जना प्रतियोगीहरु चौथो राउण्डका लागि छानिएका छन् । पहिलो भागमा भिडेका ८ जना प्रतियोगीहरुमध्ये सागर हमाल, सुनन्द ढकाल, मुना ठटाल, भुषण खतिवडा र प्रेक्षा लम्साल चौथो राउण्डका लागि छानिएका छन् । त्यस्तै ऋषभ राउण्डबाट शंकर योङहाङ, रोशनी गुरुङ र सोनाम राई बाहिरिएका छन् । यस भिडियो सामग्रीमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका पहिलो प्रतियोगी हुन् सागर हमाल । सुरखेत अडिसनबाट षडज राउण्डहुँदै अघि बढेका सागरले ऋषभ राउण्डमा १९७४ एडीको ‘परेलीमा लुकाई राखन’ बोलको गीत गाएका थिए । पहिलो प्रस्तुतिमै तहल्का मच्चाएका सागरले निर्णायकहरुबाट राम्रो प्रतिक्रिया पाएका थिए । उनले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । सुर्खेतका सागर २० वर्षका छन् ।
२) सुनन्द ढकाल– नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका दोस्रो प्रतियोगी हुन् सुनन्द ढकाल । काठमाडौँ अडिसनबाट षडज राउण्डहुँदै ऋषभ राउण्डमा पुगेका सुनन्दले ऋषभ राउण्डमा महेश सेवाको आवाजमा रहेको ‘कसको माया कसको मोह’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरुले सकरात्मक टिप्पणी गरेका थिए । द भ्वाईस नेपालबाट चर्चा कमाउन सफल सुनन्दका केही गीतहरु पनि सार्वजनिक भईसकेका छन् । सिन्धुपाल्चोकका सुनन्द २८ वर्षका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी तेस्रो प्रतियोगी हुन् मुना ठटाल । काठमाडौँ अडिसनबाट षडज राउण्ड हुँदै ऋषभ राउण्डमा पुगेकी मुनाले ऋषभ राउण्डमा श्रेया घोषालको आवाजमा रहेको ‘तिमी बाहेक’ बोलको गीत गाएकी थिईन् । अडिसन राउण्डमा अञ्जु पन्तको जस्तै आवाज भएको भन्दै चर्चामा आएकी मुनाले ऋषभ राउण्डमा निर्णायकहरुलाई खुशीसँगै स्तब्ध बनाएकी थिईन् । उनले फिलसँगै यसरी डुबेर गीत गाईन् कि निर्णायकहरु खुशीको आँशु झारेका थिए । उनको प्रस्तुतिमा खुशी भएकी निर्णायक अञ्जु पन्तले आँशु थाम्नै सकिनन्, उनको गला अवरुद्ध भएको थियो । मुनालाई तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिँदै उनको प्रशंसा गरेका थिए । उनी ऋषभ राउण्डमा अहिलेसम्मकै सर्वाधिक प्रशंसा पाएकी प्रतियोगी पनि हुन् । मुना सरगमका नामले परिचित मुनाले केही ओरिजिनल गीतहरु पनि सार्वजनिक गरिसकेकी छिन् । २२ वर्षीया मुना पाँचथर निवासी हुन् । उनी विभिन्न साँगितिक कार्यक्रमहरुमा पनि सहभागी हुने गर्छिन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका चौथो प्रतियोगी हुन् भुषण खतिवडा । ईटहरी अडिसनबाट षडज राउण्ड हुँदै ऋषभ राउण्डमा पुगेका भुषणले ऋषभ राउण्डमा शिव लामिछानेको ‘चाहे माया गर’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिलाई बेस्ट भएको भन्दै निर्णायक आलोक श्रीले उनको सुरको पनि चर्चा गरेका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । साथै निर्णायक अञ्जु पन्तले ताली बजाउँदै उनको चर्चा गरेका थिए । नेपाल आईडलको मञ्चमा पनि चर्चा कमाएका भुषणले नेपाल स्टारमा पनि दमदार प्रस्तुति दिएका छन् । झापा निवासी भुषण विभिन्न सांगितिक कार्यक्रममा पनि व्यस्त भईरहेका छन् । भुषणका केही अफिसियल गीतहरु पनि सार्वजनिक भईसकेका छन् । उनका सार्वजनिक गीतहरु पनि चर्चामा छन् । उनी २० वर्षका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी पाँचौँ प्रतियोगी हुन् प्रेक्षा लम्साल । सुर्खेत अडिसनबाट षडज राउण्ड हुँदै ऋषभ राउण्डमा आईपुगेकी प्रेक्षाले ऋषभ राउण्डमा गायिका देविका बन्दनाको ‘एउटा परदेशी’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुतिमा निर्णायकहरुले सकरात्मक टिप्पणी दिँदै केही सुधारको लागि सुझाव पनि दिएका थिए । दाङकी २० वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । दोस्रो परिवारसँग बसेका आफ्ना बुवा सँगै भएको भए सायद आफुलाई अझ बढी हौसला हुन्थ्यो होला भन्ने सोच राख्ने प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । उनी नेपाल स्टारलाई नै आफ्नो जिन्दगीको अन्तिम रियालिटी शो बनाउने सोचमा छिन् । त्यसपश्चात उनले रियालिटी शोमा सहभागी नभईकनै संगीत क्षेत्रमा अगाडि बढ्ने सोच राखेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*