शंकर योङहाङ र मेलिना राईको ‘दुनियाँलाई दूर राखौँला’ सार्वजनिक

९ आश्विन २०७७, शुक्रबार १९:१९

मकवानपुर, ९ असोज । गायक शंकर योङहाङ र गायिका मेलिना राईको ‘दुनियाँलाई दूर राखौँला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शंकर र मेलिनाको यो गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत २५ सेप्टेम्बर २०२० मा सार्वजनिक भएको हो ।

सुबिन श्रेष्ठ र शंकर योङहाङको शब्दमा तयार भएको गीतलाई सुबिन श्रेष्ठले संगीत भरेका हुन् । गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन् । रेकर्डिष्ट भानुभक्त ढकालले रेकर्ड गरेको गीतलाई श्याम बगदासले मिक्सिङ मास्टरिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा विकाश लामिछाने र ऋचा थापाको मूख्य अभिनय रहेको छ । त्यस्तै माया भण्डारी, गोमा न्यौपाने लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । किरण दाहालको परिकल्पना तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई बिकेश मगरले छायाँकन तथा सम्पादन गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्–
दुबईमा यी नेपालीको बब्बाल डान्स्, केटा हो कि केटी छुट्याउनै समस्या
केही महिना अघि चर्चित भाईरल बाल गायक अशोक दर्जी र चर्चित गायक टंक बुढाथोकी सहितको टोली दुबईमा भएको सांस्कृतिक कार्यक्रममा पुगेका थिए । सोही कार्यक्रममा एक प्रवासी नेपालीले बब्बाल डान्स गरेका थिए । उनको गीतमा धेरै युवकले हुटिङ समेत गरेका थिए । उनी युवक हुन् कि युवती ? यो छुटाउन सबैलाई हम्मे–हम्मे पर्यो । तपाईले सक्नुहुन्छ कि ? हेनुृहोस् भिडियो–

दिपकराज गिरीको दुई वटी श्रीमती ?
शिर्षक पढेर अचम्म लाग्यो होला तर यो सत्य हो । नझुक्किनुस् है , यो कुरा कलाकार दिपकराज गिरीको वास्तविक जीवनको बारेमा होईन । उनी वास्तविक जीवनमा आफ्नै श्रीमतीसँग खुशी छन् । यहाँ म कुरा गरिरहेको छु दिपकराज गिरी सहितको टिमको नयाँ चलचित्र ‘छक्का पञ्जा ३’ को ।छायांकनको समयदेखि नै चर्चामा रहेको चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत साउन १४ गते युट्युबमार्फत सर्वाजनिक गरिएसँगै चलचित्रको कथाका बारेमा समेत कौतहुलता पैदा भएको छ । तर दिपकको दुई वटी श्रीमति देखिएसँगै यो चलचित्र बहुविवाह सम्बन्धी हो कि भन्ने अनुमान गर्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*