रचना रिमाल र सम्राट चौलागाईको ‘हे सानुमाया’ यस्तो बन्यो

८ आश्विन २०७७, बिहीबार ०९:४३
Featured Video Play Icon

मकवानपुर, ८ असोज । नेपाल आईडल सिजन ३ मा उत्कृष्ट ८ सम्म पुगेर चर्चा कमाएकी गायिका रचना रिमाल र गायक सम्राट चौलागाईको नयाँ गीत ‘हे सानुमाया’ सार्वजनिक भएको छ । गायक सम्राट चौँलागाईकै शब्द र संगीतमा तयार भएको गीतलाई बबुल गिरीले एरेञ्ज गरेका हुन् । गीतलाई मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतलाई सेप्टेम्बर २१, २०२० मा गायक चौलागाईकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

गीतको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, सुरेन्द्र बस्नेत र आयुशी ढकालले अभिनय गरेका छन् । उत्तम हुमागाईको छायाँकन तथा बिरबहादुर थारुको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ । भिडियो सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफीमा बनेको हो । हेर्नुहोस् म्युजिक भिडियो–

आदरणीय दर्शकविन्द, तपाईलाई रचना रिमाल र सम्राट चौलागाईको यो गीत कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । गीतको लिंक भिडियोको डिस्क्रीप्सनमा पनि राखिएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्–
प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।

स्वस्तिमा र सेड्रिनामा को राम्री ? (भिडियो)
चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएसँगै नायिका स्वस्तिमा खड्का र बाल कलाकार सेड्रिना शर्माको सौन्दर्य र अभिनयको तारिफ बढेको छ । चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका स्वस्तिमा र सेड्रिना नै नाई नभन्नु ल ५ को सार्वजनिक ट्रेलरको आकर्षक पक्ष पनि हुन् । ठूलो भएर विश्व सुन्दरी बन्ने सपना बोकेकी सेड्रिनाको यो डेब्यू चलचित्र हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*