प्रविण बेड्वालको ‘नबोली नबोली’ आउँदै

मकवानपुर, ८ असोज । नेपाल आईडल सिजन ३ का फस्र्ट रनर अप प्रविण बेड्वालको ‘नबोली नबोली’ बोलको नयाँ गीत तयार भएको छ । प्रविण बेड्वाल र समिक्षा अधिकारीको आवाजमा तयार भएको यो गीत यही असोज ८ गते साँझ ४ बजे ‘द डिभाईन म्यूजिक’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुनेछ । चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत तथा एरेञ्जमा तयार भएको यो गीतलाई सजन शाहले मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतलाई ए प्लस स्टुडियोमा रेकर्डिस्ट नरेश बिबिसीले रेकर्ड गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र बसन्त अधिकारीले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन तथा विधान कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–
आदरणीय दर्शकविन्द, तपाईलाई प्रविण बेड्वालको कुन कुन गीतहरु राम्रो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो । चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो ।