गीतकार अच्युत नेपालको ‘ताप्लीको रानी पोखरी’ सार्वजनिक

७ आश्विन २०७७, बुधबार २०:३६

मकवानपुर, ७ असोज । गीतकार अच्युत नेपालीको ‘ताप्लीको रानी पोखरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यस अघि नै विभिन्न गीत लेखेर चर्चामा आएका गीतकार नेपालको यो गीत अडियो भर्सनमा सार्वजनिक भएको हो । सिपा नेपाल ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक तथा संगीतकार डिबी खड्काको आवाज रहेको छ ।

गीतमा गायक खड्काले नै संगीत दिएका छन् । अकष्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका छन् । गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–

गीतकार अच्युत नेपालको केही समय अघि मात्र असारे गीत सार्वजनिक भएको थियो । अडियो भर्सनमात्र सार्वजनिक भएको उक्त गीतमा डिबी खड्का, स्मृति शाही, प्रिती बि खत्री, स्मिरिका पन्त लगायतका गायक गायिकाको आवाज रहेको छ । गीतमा नाराद सुवेदी र डिबी खड्काको संगीत सुन्न सकिन्छ ।गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन् । गीतकार नेपालको यसपछि अर्को नयाँ गीत पनि सार्वजनिक हुने तयारीमा रहेको छ । ‘पहिचान’ बोलको उक्त गीतमा स्मृति शाहीको आवाज रहेको गीतकार नेपालले जानकारी दिएका छन् ।
हेर्नुहोस् असारे गीत–

यो पनि हेर्नुहोस्–
नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठको पहिलो गीत सार्वजनिक भएको छ । मेघाको ‘पोल्छ’ बोलको पहिलो गीत सार्वजनिक भएको हो । निर्देशक लोकेश बज्राचार्यको अफिसियल युट्युब च्यानलबाट ११ अगष्ट २०२० मा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।रोहित जोन क्षेत्रीको अडियो प्रोडक्सनमा तयार भएको गीतमा लोकेश बज्राचार्यको शब्द र संगीत रहेको छ । गीतलाई बिजु कर्माचार्यले मिक्सिङ–मास्टरिङ गरेका हुन् । गीतको म्युजिक भिडियोमा मेघा आफैले अभिनय गरेकी छिन् । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोलाई लोकेश बज्राचार्यले नै निर्देशन र सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*