गायक डम्बर हिङमाङको ‘मनमा नेपाल’ सार्वजनिक

६ आश्विन २०७७, मंगलवार १२:०१

मकवानपुर, ६ असोज । गायक डम्बर हिङमाङको नयाँ गीत ‘मनमा नेपाल’ सार्वजनिक भएको छ । द भ्वाईस अफ नेपालको सिजनहरुबाट सर्वाधिक चर्चामा आएका गायक हिङमाङले सेप्टेम्बर १९, २०२० मा यो गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । डम्बर हिङमाङको आवाजमा तयार भएको यो गीत रविमान सिंह बस्न्यातले लेखेका हुन् । गीतमा गायक हिङमाङकै शब्द रहेको छ । गोपाल रसाईलीको एरेञ्जमा तयार भएको गीतलाई श्याम बगदाश र भानुभक्त ढकालले रेकर्ड, मिक्स र मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गायक डम्बर हिङमाङ, रविमान सिंह बस्न्यात, हरि पुन मगर, विवश शंकर र अन्य कलाकारहरुको फिचरिङ गरिएको छ । म्यूजिक भिडियोलाई सुगम बस्न्यातले निर्माण गरेका हुन् । सियोन श्रेष्ठको कोरियाग्राफी तथा निर्देशनमा बनेको म्यूजिक भिडियोलाई गनेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।

शहिद पार्क गाकर्णेश्वर, जामे मस्जिद जमल, बालुवाखानी जोरपाटी, पशुपति मन्दिर क्षेत्र र हार्दिक होटल लगायतका स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोमा ओम विक्रम विष्ट, नवल खड्का, दिलिप रायमाझी, धिरज राई, एञ्जल राई जस्ता चर्चित कलाकारहरुको अतिथि भूमिका पनि समावेश गरिएको छ । कलाकारहरुलाई माही सिंहले सिंगारेकी छिन् । हेर्नुहोस् म्यूजिक भिडियो–

यो पनि हेर्नुहोस्–
प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*