प्रविण बेड्वालको ‘पहिलो नजरमा’ यति राम्रो बन्यो

५ आश्विन २०७७, सोमबार १२:५६
Featured Video Play Icon

मकवानपुर, ५ असोज । नेपाल आईडल सिजन ३ का फस्र्ट रनर अप एवम् लोकप्रिय गायक प्रविण बेड्वालको नयाँ गीत ‘पहिलो नजरमा’ सार्वजनिक भएको छ । प्रविणको आवाजमा रहेको यो गीत सेप्टेम्बर १९, २०२० मा नेपाल विशेष युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको अहिले लिरिकल भर्सन मात्र सार्वजनिक भएको छ । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

गीतमा नबिन नेपालको शब्द र नरेन्द्र प्यासीको संगीत रहेको छ । गीतलाई बिनोद कुमार भुजेलले एरेञ्ज गरेका हुन् । फिल स्टुडियोमा कुमार केसीले रेकर्ड गराएको गीतलाई मनोज न्यौपानेले सम्पादन गरेका हुन् । आदरणीय दर्शकविन्द, तपाईलाई प्रविण बेड्वालको यो गीत कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस गीतको लिंक भिडियोको डिस्क्रीप्सनमा राखिएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्–
गायक तथा संगीतकार साम्तेन मोक्तानको नयाँ तामाङ सेलो गीत ‘निजगढ फिलिङलिङ’ सार्वजनिक भएको छ । गीतलाई सेप्टेम्बर १०, २०२० मा गायक मोक्तानकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायक साम्तेन मोक्तान र गायिका बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । गायक मोक्तानकै शब्द, संगीतमा तयार भएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका छन् । दिपेश प्रधानको मिक्सिङ मास्टरिङमा तयार भएको गीतलाई एसबी मुस्कानले जेनेरिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् । गीतको अहिले अडियो भर्सनमात्र सार्वजनिक भएको छ । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

यो पनि हेर्नुहोस्–
पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ । अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*