यी हुन् रचना रिमालको आउँदै गरेको २ गीत

४ आश्विन २०७७, आईतवार १५:१४
Featured Video Play Icon

मकवानपुर, ४ असोज । नेपाल आईडल सिजन ३ मा उत्कृष्ट ८ सम्म पुगेर चर्चा कमाएकी गायिका रचना रिमालको नयाँ गीत रिलिजको तयारीमा रहेको छ । रचनाका थुप्रै रिलिज हुन बाँकी गीतहरुमध्ये यहाँ २ वटा गीतहरुबारे चर्चा गरिएको छ । रचनाको छिट्टै नै रिलिज हुने तयारीमा रहेको दुई गीत हुन् ‘हे सानुमाया’ र ‘हेरन सानु’ । यी दुई गीतहरुमध्ये ‘हे सानुमाया’ बोलको गीत असोज ५ गते रिलिज हुने रचनाले जानकारी दिएकी छिन् । गीतमा रचनासँगै गायक सम्राट चौँलागाईको आवाज सुन्न सकिन्छ । सम्राट चौँलागाईकै शब्द र संगीतमा तयार भएको गीतलाई बबुल गिरीरे एरेञ्ज गरेका हुन् । गीतलाई मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

गीतको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, सुरेन्द्र बस्नेत र आयुशी ढकालले अभिनय गरेका छन् । उत्तम हुमागाईको छायाँकन तथा बिरबहादुर थारुको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ । भिडियो सुरेन्द्र बसेलले निर्देशन र लेखनमा बनेको हो ।

त्यस्तै रचनाको नयाँ रिलिज हुन थालेको दोस्रो गीत ‘ हेरन सानु’ बोलको गीत हो । यो गीतमा रचनासँगै गायक लिला श्रेष्ठको आवाज रहेको छ । गीत त्रिपुरा म्युजिकको युट्युब च्यानलबाट सार्वजनिकि हुनेछ । उनले गीतबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।
आदरणीय दर्शकविन्द, तपाईलाई रचना रिमालको कुन कुन गीतहरु मनपर्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्
काकाओ टकको आईडी बनाउने तरिका
काकाओ टक दक्षिण कोरियाको काकाओ कम्पनीद्वारा निर्माण गरिएको चर्चित म्यासेञ्जर एप हो । काकाओ टकलाई छोटकरीमा काटक पनि भन्ने गरिन्छ । सन् २०१० मार्च १८ तारिखमा लञ्च भएको यो एप अहिले संसारका विभिन्न क्षेत्रमा पनि निकै रुचाइएको एप बन्न सफल भएको छ । विभिन्न १५ भाषामा उपलब्ध भएको यो एप सुरक्षित पनि मानिन्छ । आज हामी तपाईलाई काकाओ टकको आईडी बनाउने तरिकाका बारेमा जानकारी दिँदैछौँ । पुरा जानकारीका लागि भिडियोलाई अन्तसम्मै हेरिदिनुहोला । भिडियो मनपरेमा लाईक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*