प्रविण र रचनाको दोस्रो डुयट गीत आउँदै

४ आश्विन २०७७, आईतवार ०८:१९
Featured Video Play Icon

मकवानपुर, ४ असोज । नेपाल आईडल सिजन ३ का फस्र्ट रनर अप प्रविण बेड्वाल र चर्चित प्रतियोगी रचना रिमालको आवाजमा अर्को गीत रेकर्ड भएको छ । यसअघि बहुचर्चित ‘उनको प्रीति’ बोलको गीत गाएका प्रविण र रचनाको यो दोस्रो डुयट गीत हो । काशी जेट्ली अर्थात काशिराम सुनारको शब्द तथा नबिन कार्कीको संगीतमा नयाँ गीत तयार भएको हो । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

गीतलाई गायक तथा संगीतकार विशाल निरौलाले एरेञ्ज गरेका छन् । गीतलाई रञ्जन सोताङ राईले रेकर्ड गराएका हुन् । यो गीतको बारेमा छोटो भिडियो शेयर गर्दै गायिका रचना रिमालले गीत चाँडै सार्वजनिक हुने जानकारी दिएकी छिन् । ‘हिँडेकी छु एक्लै म त’ बोलको यो गीत रचनाकै युट्युब च्यानलबाट सार्वजनिक हुने बताइएको छ । गीत केही हप्तामा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो पनि हेर्नुहोस्–
रेडियोलाई फेसबुकमा लाईभ गर्ने तरिका
तपाई रेडियोमा कार्यक्रम चलाउनुहुन्छ र त्यसलाई अडियो वा भिडियोका रुपमा फेसबुकमार्फत लाईभ प्रसारण गर्न चाहानुहुन्छ भने ओबिएस स्टुडियो सफ्टवयर निकै सजिलो छ । तपाईलाई यसको सेटिङ गर्न समस्या छ र लाईभ कसरी गर्ने भनेर सोचिरहनु भएको छ भने यो भिडियो सुरुदेखि अन्तसम्मै हेर्नुहोस् ।

फेसबुकको १० वर्ष पुरानो पोष्ट डिलिट गर्ने तरिका
हामीले भावनामा बहकेर वा कुनै घटनाका कारण कहिलेकाँही फेसबुकमा यस्ता पोष्टहरु गर्छौँ जुन कुराहरु केही वर्षपछि हामीलाई ठिक नलाग्न सक्छ । त्यस्ता वर्षौँ पुरानो फोटो वा स्टाटसलाई एकै क्लिकमा कसरी डिलिट गर्ने ? यो सामान्य जानकारी यो भिडियोमा राखिएको छ । लिंकमा गएर भिडियो हेरिदिनुहोला

कुनै पनि लाईभ भिडियोलाई युट्युबमा लाईभ गर्ने तरिका
यदि तपाईसँग युट्युब च्यानल छ र कुनै कार्यक्रम, ईभेन्ट वा युट्युब वा अन्य साईटबाट लाईभ आईरहेको कार्यक्रम आफ्नो युट्युब च्यानलमा लाईभ गर्न चाहानुहुन्छ भने तपाई के गर्नुहुन्छ ? यस्तो बेला तपाईलाई ओबिएस स्टुडियो सफ्टवयरले मदत गर्छ । कसरी गर्ने त युट्युबमा लाईभ ? आउनुहोस् यो भिडियोबाट सिकौँ–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*