बहुचर्चित गीत गाएपछि प्रविण र रचना यसो भन्छन्

३ आश्विन २०७७, शनिबार २०:२१
Featured Video Play Icon

मकवानपुर, ३ असोज । बहुचर्चित गीत ‘उनको प्रीति’ सार्वजनिक भएपछि पून एकपटक चर्चामा आएको छ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रहेको यो गीत रचना भएको ५३ वर्षपछि र पहिलो पटक रेकर्ड भएको १७ वर्षपछि पून सार्वजनिक भएको हो । यो गीतलाई यो सामग्री पार्दाको समयमा ७ लाख ७० हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ४९ हजार लाईक र ४ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । नेपाल आईडल सिजन ३ का फस्र्ट रनर अप प्रविण बेड्वाल र चर्चित प्रतियोगी रचना रिमालको आवाजमा यो गीत सार्वजनिक भएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् । हेर्नुहोस् यो भिडियो–

गीत सार्वजनिक भएपछि सबै श्रोता दर्शकलाई सम्बोधन गर्दै गायक प्रविण बेड्वालले उक्त दिन आफ्नो लागि जीवनको ऐतिहासिक दिन बनेको बताएका छन् । उनले राष्ट्रकविको हातबाट लेखिएको शब्द आफुले पाउनु र आफुले गाउन पाउनु वास्तबमै आफ्नो लागि ठूलो खुशी भएको बताएका छन् । उक्त खुशीको हकदार श्रोता, दर्शक, शुभचिन्तक र संगीतप्रेमीहरु नै भएको पनि उनले बताएका छन् । उनले गीत सुनेर सबै दर्शक श्रोताहरुले महत्वपूर्ण सुझाव दिनेछन् भन्ने विश्वास पनि गरेका छन् । साथै गीत तथा भिडियो टोलीलाई पनि मेहनतको प्रशंसा गर्दै उनले धन्यवाद दिएका छन् ।

त्यस्तै गीतकी गायिका रचना रिमालले धेरै पहिलेनै सबैको मन मनमा बस्न सफल गीत नयाँ स्वरुपमा आएको भन्दै सबैको माया र आशिर्वादको अपेक्षा रहेको बताएकी छिन् । उनले दर्शक तथा श्रोताहरुलाई सम्बोधन गर्दै आफु गाउन सिक्दै गरेको र पहिले रकेर्ड भएको गीतमा जस्तै न्याय दिन नसकेको पनि हुनसक्ने भन्दै उनले नयाँ प्रतिभा सम्झेर माया दिन अनुरोध गरेकी छिन् । साथै उनले यति ठूलो अवसरका लागि सबैलाई धन्यवाद दिएकी छिन् ।

‘उनको प्रीति’ बोलको यो गीत १४ सेप्टेम्बर २०२० मा रिमा ईन्टरटेन्मेन्ट नेपाल युट्युब च्यानलबाट प्रिमियर भएको छ । प्रविण र रचनाको यो पहिलो डुयट गीत हो । प्रविण र रचनाको आवाजमा रहेको यो गीतमा चर्चित संगीतकार नारायण रायमाझीको संगीत रहेको छ । बि.बि. अनुरागीको संगीत संयोजनमा तयार भएको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई मिराज अर्यालले छायाँकन तथा सम्पादन गरेका छन् । गीतमा रत्न बिकको बाँसुरी सुन्न सकिन्छ । गीतको भिडियोमा उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का र राकेश सोनीलाई फिचरिङ गरिएको छ । उनीहरुलाई विर्मा खड्काले सिंगारेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*