डान्सिङ विथ द स्टार्स नेपालमा भिडिरहेका ११ जोडीहरु

३ आश्विन २०७७, शनिबार २०:१२
Featured Video Play Icon

मकवानपुर, ३ असोज । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा ११ जना स्टार र कोरियोग्राफरहरुको जोडीले प्रतिस्पर्धा गर्दैछन् । ती जोडीहरु शो सुरु हुनुअघि नै सर्वाधिक चर्चामा आएका थिए । शोमा प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन, सृष्टि केसी र केशव थापा, हरि खड्का र युमी बलामी, बुद्ध लामा र केबिका खत्री, ज्योति मगर र लाउरे सिंह, दिपा दमन्ता श्रेष्ठ र सुनिल बिक, सुमी मोक्तान र बिजु पार्की, देवान्शी बैदावार र शुभम भुजेल, फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारी, पुजा ठाकुर र राजिव समर तथा रक्षा श्रेष्ठ र सरोज मोक्तानले जोडी बाँधेर प्रतिस्पर्धा गर्दैछन् । यस भिडियो सामग्रीमा यी नै ११ स्टार र कोरियोग्राफरहरुको जोडीका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

यो पनि हेर्नुहोस्–
नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठको पहिलो गीत सार्वजनिक भएको छ । मेघाको ‘पोल्छ’ बोलको पहिलो गीत सार्वजनिक भएको हो । निर्देशक लोकेश बज्राचार्यको अफिसियल युट्युब च्यानलबाट ११ अगष्ट २०२० मा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।रोहित जोन क्षेत्रीको अडियो प्रोडक्सनमा तयार भएको गीतमा लोकेश बज्राचार्यको शब्द र संगीत रहेको छ । गीतलाई बिजु कर्माचार्यले मिक्सिङ–मास्टरिङ गरेका हुन् । गीतको म्युजिक भिडियोमा मेघा आफैले अभिनय गरेकी छिन् । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोलाई लोकेश बज्राचार्यले नै निर्देशन र सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

चर्चित गायक सागर आले मगरको ‘सम्झना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सागरकै अफिसियल युट्युब च्यानलबाट सोमबार गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सुरज तामाङको शब्द तथा संगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् । म्यूजिक भिडियोमा सागरसँगै उर्मिला गुरुङले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई अनिल कट्वालले छायाँकन, निर्देशन र सम्पादन गरेका हुन् । भिडियोका क्रियटिभ डाईरेक्टर सागर राना मगर हुन् । कृष्ण लामिछानेले सहायक छायाँकारको भूमिका निर्वाह गरेको म्यूजिक भिडियोमा राजु वाईबाले कलाकारहरुलाई सिँगारेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*