
डान्सिङ विथ द स्टार्स नेपालमा भिडिरेका ११ कोरियोग्राफरहरु

मकवानपुर, ३ असोज । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा ११ जना कोरियोग्राफरहरुले ११ जना स्टारहरुसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्दैछन् । शोमा केबिका खत्री, युमी बलामी, लाउरे सिंह, बिजु पार्की, सरोज मोक्तान, राजिव समर, प्रमोद भण्डारी, स्वयत्ना योञ्जन, केशव थापा, सुनिल बिक र शुभम भुजेलले आफ्ना स्टार जोडीहरुलाई कोरियोग्राफ गर्दैछन् । यस भिडियो सामग्रीमा यी नै ११ जना कोरियोग्राफरहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–
यो पनि हेर्नुहोस्–
प्रकाशको ‘बोल माया’ को भिडियो जसले सबैलाई रुवाउँछ
गायक तथा मोडल प्रकाश सपूतको कारुणिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दासम्म १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।
स्वस्तिमा र सेड्रिनामा को राम्री ? (भिडियो)
चर्चित नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ संस्करणको ट्रेलर सार्वजनिक भएसँगै नायिका स्वस्तिमा खड्का र बाल कलाकार सेड्रिना शर्माको सौन्दर्य र अभिनयको तारिफ बढेको छ । चलचित्रको सुटिङको सुरुवात देखि नै चर्चामा रहेका स्वस्तिमा र सेड्रिना नै नाई नभन्नु ल ५ को सार्वजनिक ट्रेलरको आकर्षक पक्ष पनि हुन् । ठूलो भएर विश्व सुन्दरी बन्ने सपना बोकेकी सेड्रिनाको यो डेब्यू चलचित्र हो ।
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो । चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो ।