सागर घिसिङ र सुजिना गोलेको कारुणिक म्युजिक भिडियो सार्वजनिक

२ आश्विन २०७७, शुक्रबार १२:२५

मकवानपुर, २ असोज । चर्चित नायक सागर घिसिङ र नायिका सुजिना गोले अभिनित नयाँ गीतको कारुणिक म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक सुजन मोक्तान तामाङको आवाजमा रहेको ‘त्यो रात’ बोलको गीतमा सागर र सुजिनाको प्रेमदेखि बिछोडसम्मको कथा देखाइएको छ । गीतको शब्द र म्युजिक भिडियोको कथाले दर्शक श्रोतालाई सोच्न बाध्य बनाउँछ ।

१७ सेप्टेम्बर २०२० मा हाईलाईट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतमा जीबी लामा र बसन्त पौडेलको शब्द रहेको छ । गीतमा निल गुरुङ र बिरेन्द्र थाम्सुहाङको संगीत रहेको छ । गायक सुजन मोक्तान तामाङको आवाजमा रहेको यो गीतलाई राजु कार्कीले मिक्सिङ र मास्टरिङ गरेका छन् । किङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतका रेकर्डिष्ट सुरेश राई हुन् ।

गीतको म्युजिक भिडियोमा सागर र सुजिनाका साथमा दोर्जे लामाको अभिनय रहेको छ । साथै समिर योङ्ग्या लिम्बु र बिरेन्द्र थाम्सुहाङ लगायतले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् । शिला लामाको लगानीमा बनेको म्युजिक भिडियोलाई अजय स्याङ्तानले निर्देशन र सम्पादन गरेका छन् । चक्र महर्जनको छायाँकनमा तयार भएको म्युजिक भिडियोका कलाकारहरुलाई नितु लामाले सिंगारेकी छिन् । गीतको पोष्टर डिजाईन कमल एक्चाई मगरले गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्
वडा अध्यक्ष घलानको नमूना फुलबारीको चर्चा यसरी चुलियो (भिडियो)
‘राजनीतिमा लागेका व्यक्तिको हरेक दृष्टिकोण राजनीति गर्नमै केन्द्रित हुनेगर्छ, यो आम नेपालीको सोच हो । तर केही यस्ता नेताहरु छन् जो आफुलाई राजनीतिभन्दा परको जीन्दगीमा समेत अब्बल सावित गर्न सक्छन् र वास्तविक रुपमा समाजको आदर्शवान व्यक्तित्व बन्न सफल हुन्छन् । ललित घलान, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट समाज विकासका लागि अग्रसर भएका घलानले वडा नम्बर १२ हात्तिगौँडा पदमपोखरीमा पुष्पखेती गरेर फरक उदाहरण पेश गरेका छन् । हेटौँडामा नै पहिलो पटक व्यवसायिक रुपमा पुष्पखेती गरेका घलानले ७ कठ्ठा जग्गामा पुष्पखेती गरेका छन् । मकवानपुरसहित विभिन्न स्थानमा हुने कार्यक्रमका लागि माला उपलब्ध गराईरहेका घलानले स्थानीय स्तरमै बजार जमाएका छन् । दैनिक १ सय ५० वटा र सो भन्दा बढी माला वितरण गर्दै आएका घलानले ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री गर्दै आएका छन् । एक महिनामा करिब एक लाखको पुष्पमाला बिक्री गर्न सफल घलानले पुष्पखेतीमा श्रीमती ललितासहित सिंगो परिवारको साथ पाएका छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*