तहल्का मच्चाउँदै फुलन्देकी आमा र प्रमोद भण्डारी

३० भाद्र २०७७, मंगलवार २२:०३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३० भदौ । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को सबै तयारीहरु अन्तिम चरणमा छन् । प्रिमियर शो समेत छायाँकन भईसकेको अवस्थामा यो शो असोज २ गतेबाट प्रिमियर हुँदैछ । यस शोमा सहभागी भएका चर्चित जोडीहरुले तहल्का मच्चाईरहेका छन् अनि चर्चामा छन् । यस्तै चर्चामा रहेको जोडीरु मध्ये एक हुन् फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको । कमेडियन र कोरियोग्राफरको यो जोडीले राम्रो नतिजा ल्याउनेमा दर्शकहरु आसावादी छन् । यस भिडियो सामग्रीमा हामी फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारीका बारेमा चर्चा गर्दैछौँ । हेर्नुहोस् यो भिडियो सामग्री–

फुलन्देकी आमा नामले कला क्षेत्रमा परिचित उमेश राई अहिले हाँस्य कलाकारका रुपमा चर्चामा छन् । महिलाको आवरणमा हिट भएका उमेश राई अहिले डान्सिङ विथ द स्टार्स नेपालमा पनि तहल्का मच्चाईरहेका छन् । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका पेक्लामा जन्मिएका राई दर्शकमाझ पपुलर छन् । फुलन्देकी आमाको भेषमा देखिने उमेशले मुन्द्रेको कमेडी क्लबमा आवद्ध भएपछि थप चर्चा पाएका हुन् । नेपाली कलाकारितामा आउनुपूर्व उनी आफ्नो अध्ययनमा व्यस्त थिए । २ वर्ष साउदी अरेबियामा बसेर काम समेत गरेर फर्किएका उमेशले त्यसपछि भने नेपालमै आफ्नो अभिनय कला देखाईरहेका छन् । उनी अभिनयमा मात्र नभई नृत्य र गायन क्षेत्रमा पनि उत्तिकै अब्बल छन् । सगरमाथा उच्च माविबाट विद्यालयको अध्ययन पुरा गरेका उनले पहिला आफु कलाकार बन्छु भन्ने सोचेका थिएनन् । तर उनी एकाएक कलाकार भएर हिट भए । साउदी अरबको एक अस्पतालमा स्टोर किपरको काम गर्दैगर्दा उनी कमेडी भिडियोहरु बनाएर सामाजिक सञ्जालमा राख्थे । सानैदेखि गीत गाउन, नाच्न र ठट्टा गर्न सिपालु उमेशले पछि कमेडीयन बनेर देखाए । मौसम ईङबुङ लिम्बुले फुलन्देका बुवा नामक पात्रमा रमाईलो भिडियो बनाएको देखेपछि उमेशले फुलन्देकी आमा पात्रलाई जन्म दिएका हुन् ।

साउदीमा हुँदादेखि नै उनले फुलन्देकी आमाको भेषमा भिडियो बनाउँदै फेसबुकमा पोष्ट गर्न थालेका थिए । उनी फेसबुकबाटै भाईरल भएपछि एकदिन उनको भिडियोलाई हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले फेला पारेपछि उनको जीवनले नयाँ मोड लियो । उनले अभिनयको प्रस्ताव राखेपछि उमेशले ‘गज्जब छ बा’ श्रृङ्खलाबाट डेब्यु गरे । त्यस सिरियलमा केही भाग अभिनय गरेतापनि उनी आन्तरिक समस्याले गर्दा लामो समय अभिनय गर्न सकेनन् । तर उनको यात्रा निरन्तर रह्यो । त्यसपछि कमेडी क्लबमा पुगेका उमेश भाईरल भए । उनी अहिले म्युजिक भिडियोदेखि स्टेजसम्म व्यस्त छन् । उनको नाममा ‘फुलन्देकी आमा’ बोलको गीत नै बनेको छ जसमा उनी आफैले अभिनय पनि गरेका छन् । हाल उनी ईटहरीमा बस्छन् । उनी कोरियोग्राफर प्रमोद भण्डारीसँग जोडी बाँधेर डान्सिङ विथ दि स्टार्स नेपालमा प्रतिस्पर्धा गरिरहेका छन् । उनी २४ वर्षका छन् ।

प्रमोद भण्डारी चर्चित फिल्म कोरियोग्राफर हुन् । डान्सिङ विथ द स्टार्स नेपालमा फुलन्देकी आमा उमेश राईसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका प्रमोदको पुरा नाम प्रमोद कुमार भण्डारी हो । उनी एबिसिडी एकेडेमी अफ आर्टसका फाउन्डर समेत हुन् । चर्चित चलचित्रका भाईरल गीतहरुका साथै विभिन्न म्युजिक भिडियोहरुमा कोरियोग्राफ गरिसकेका प्रमोद नेपाली कलाकारिता क्षेत्रमा चर्चित कोरियोग्राफर हुन् । सानैमा अंकलबाट डान्सिङमा प्रेरणा पाएका प्रमोद सानैभा भारतमा गए । भारत गएर नृत्य सिकेका उनलाई सुरुमा परिवारबाट नृत्य गर्न सपोर्ट थिएन । तर अहिले भने उनलाई परिवारको साथ छ । उनी कोरियाग्राफीका साथै निर्देशनमा पनि अब्बल छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*