सुमी मोक्तान र बिजु पार्कीको जोडी चर्चामा

३० भाद्र २०७७, मंगलवार २१:५४
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३० भदौ । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा सहभागी भएका सबै स्टार र कोरियोग्राफरको जोडी अहिले सर्वाधिक चर्चामा रहेका छन् । यस शोमा सहभागी भएपछि थप चर्चामा आएका नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीलाई अहिले दर्शकहरुले मनपराउन थालेका छन् । शोमा सहभागी भएदेखि नै यो जोडीको डान्सलाई हेर्न दर्शकहरु सर्वाधिक पर्खाईमा छन् । मिस तामाङ, मिस नेपाल हुँदै चर्चित मोडल र नायिकासम्मको यात्रा तय गरेकी सुमी र चर्चामा रहेका कोरियोग्राफर बिजुको जोडीलाई दर्शकहरुले मनपराउनुका थुप्रै कारणहरु छन् । यस भिडियो सामग्रीमा नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो सामग्री–

सुमी मोक्तान चर्चित नायिका तथा मोडल हुन् । सन् १९९६ अक्टोबर ९ तारिखमा जन्मिएकी सुमीले सन् २०१२ मा मिस तामाङ २०१२ को उपाधि जितेकी थिईन् । मिस तामाङ हुँदै उनले सन् २०१३ मा आयोजित मिस नेपालमा उत्कृष्ट ५ मा आफुलाई कायम गर्न सफल भएकी थिईन् । काठमाडौँमा जन्मिएकी सुमी अध्ययनका लागि टेक्सासमा पुगेकी थिईन् । लक्ष्मण पब्लिक स्कूलबाट विद्यालय तहको अध्ययन सकाएपछि सुमीले टेक्सासको स्टाम्डफोर्ड ईन्टरनेशनल युनिभर्सिटीबाट पढाई पुरा गरेकी हुन् । साईकोलोजीमा स्नातक गरेकी सुमी डान्सरका साथै गायिकाका रुपमा पनि चर्चाम छिन् । ब्युटी प्याजेन्टहरुमा सहभागी भएसँगै मोडलका रुपमा चर्चामा आएकी सुमीले ‘दुई रुपैयाँ’ नामक चलचित्रबाट डेब्यु गरेकी थिईन् । उनले ‘टल्क्यो जवानी’ बोलमा गरेको नृत्य र अभिनयलाई दर्शकहरुले मनपराएका थिए । त्यसपश्चात झ्यानाकुटी र जानीनजानी चलचित्रमा देखिएकी सुमीले पछिल्लो पटक ‘सरौतो’ चलचित्रमा लिड रोलमा प्रस्तुत गरेकी थिईन् । उनी विभिन्न म्युजिक भिडियोहरुमार्फत पनि दर्शकमाझ पुग्ने गरेकी छिन् । उनी मार्सल आर्टकी खेलाडी पनि हुन् । उनी डान्सिङ विथ दि स्टार्स नेपालमा चर्चित कोरियोग्राफर बिजु पार्कीसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्दैछिन् ।

बिजु पार्की चर्चित मोडलका साथै जिम ईन्स्ट्रक्टर र कोरियोग्राफर हुन् । भारतका विभिन्न चर्चित रियालिटी शोहरुमा समेत कोरियोग्राफीको अनुभव लिईसकेका बिजुले यस पटक चर्चित नायिका तथा मोडल सुमी मोक्तानसँग जोडी बाँधेर डान्सिङ विथ दि स्टार्स नेपालमा प्रतिस्पर्धा गर्दैछन् । विभिन्न चर्चित म्युजिक भिडियोहरुमा कोरियोग्राफ गरिसकेका बिजुले अभिनय पनि गरेका छन् । सानैदेखि नाच्न सुरु गरेका बिजु सुरुमा बिबोईङमा रुचि राख्थे । ट्यालेन्टकै कारण बिजुले प्रोफेस्नल डान्सरमा कदम चालेका थिए । सेल्फ लर्निङबाटै कोरियोग्राफी दुनियाँमा प्रवेश गरेका बिजुले थोरै समयमै चर्चा पनि कमाईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*