साम्तेन मोक्तानको तामाङ सेलो ‘निजगढ फिलिङलिङ’ सार्वजनिक

२९ भाद्र २०७७, सोमबार १६:३७

मकवानपुर, २९ भदौ । गायक तथा संगीतकार साम्तेन मोक्तानको नयाँ तामाङ सेलो गीत ‘निजगढ फिलिङलिङ’ सार्वजनिक भएको छ । गीतलाई सेप्टेम्बर १०, २०२० मा गायक मोक्तानकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायक साम्तेन मोक्तान र गायिका बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ ।

गायक मोक्तानकै शब्द, संगीतमा तयार भएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका छन् । दिपेश प्रधानको मिक्सिङ मास्टरिङमा तयार भएको गीतलाई एसबी मुस्कानले जेनेरिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् । गीतको अहिले अडियो भर्सनमात्र सार्वजनिक भएको छ । हेर्नुहोस् गीत–

यो पनि हेर्नुहोस्–
चर्चित टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ द स्टार्स’ को नेपाली संस्करण ‘डान्सिङ विथ द स्टार्स नेपाल’ प्रसारण प्रारम्भ हुनुपूर्व नै चर्चामा छ । यस प्रतियोगितामा १२ जना स्टार कलाकारहरुले चर्चित कोरियोग्राफरहरुसँग मिलेर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडी निक्कै चर्चामा छ । यस्तै चर्चामा रहेको बलियो जोडी हो गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीको । यस भिडियो सामग्रीमा बुद्ध लामा र केबिका खत्रीको बारेमा छोटो चर्चा गरिएको छ ।

बुद्ध लामा पहिलो नेपाल आईडल हुन् । पहिले पनि गायन रियालिटी शो जितिसकेका बुद्धको नाच पनि राम्रो भएको ट्रेलरबाटै अनुमान लगाउन सकिन्छ । उनको जोडीको भूमिकामा रहेकी केबिका खत्रीले समेत बुद्धको नृत्यको प्रशंसा गरिरहेकी छिन् । बुद्ध कास्की निवासी हुन् । २०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुख्र्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरामा बसाईं सरेको थियो । बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाका कर्मचारी हुन् । उनका आमाबुवा पनि उनी जस्तै गीत गाउन माहिर छन् । हेर्नुहोस् यो भिडियो फिचर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*