चर्चामा टिकटक स्टार दिपा–दमन्ता र सुनिलको जोडी

२९ भाद्र २०७७, सोमबार १६:२२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २९ भदौ । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा विभिन्न विधा र क्षेत्रबाट ११ जोडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । शोमा टिकटक स्टारले पनि तहल्का मच्चाउँदै छन् । शोका ११ जोडीमध्ये कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर अभिनय गर्दैछन् टिकटक स्टार दिपा र दमन्ताले । दिपा र दमन्ता टिकटकमा जति लोकप्रिय छन् त्यति नै चर्चा डान्सिङ विथ दी स्टार्समा पनि चल्दैछ । टिकटकबाट चिनिएका जुम्ल्याह दिदीबहिनीले सुनिलको राम्रो साथ पाएका छन् । लोकप्रिय डान्सिङ रियालिटी शोहरुमा तहल्का मच्चाएका डान्सर तथा कोरियोग्राफर सुनिल र टिकटक स्टार ट्विन्स दिपा–दमन्ताका बारेमा यस भिडियोमा छोटो जानकारी समावेश गरिएको छ । हेर्नुहोस् यो जानकारीमुलक भिडियो–

टिकटकबाट सर्वाधिक चर्चामा आएका चर्चित टिकटक ट्विन्स स्टारहरुमध्ये दिपा र दमन्ता पनि एक हुन् । हाल काठमाडौँमा बस्ने दिपा र दमन्ताको स्थायी घर ताप्लेजुङ जिल्लामा पर्छ । टिकटकमा भाईरल भएपछि म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका दमन्ता श्रेष्ठ जेठी हुन् भने दिपा श्रेष्ठ कान्छी हुन् । टिकटकमा लाखौँ फलोअर्स बनाएका दिपा र दमन्ताले नेपालमा मात्र नभई विदेशमा पनि चर्चा कमाएका छन् । उनीहरु अभिनित म्युजिक भिडियोहरु ट्रेण्डिङमा समेत परेका थिए । ४५ मिनेटको फरकमा जन्मिएका दिपा र दमन्ताले आफुहरुले विदेशी ट्विन्सहरुको अनुकरण गर्दै टिकटक बनाउन सुरु गरेको बताएका छन् । सामान्य परिवारमा जन्मिएका दिपा दमन्ता एउटै कक्षा, एउटै कलेज र एउटै फ्याकल्टीमा पढ्छन् । उनीहरु बिबिएस प्रथम वर्षमा अध्ययनरत छन् । टिकटकमा उनीहरु विशेष गरी नृत्य प्रस्तुत गर्नेगर्छन् । उनीहरु युट्युबमा डबल ट्रबल नामक शो पनि संचालन गर्छन् । उनीहरु भारतमा पनि निक्कै लोकप्रिय छन् । उनीहरुलाई कोरियोग्राफर सुनिल बिकले कोरियोग्राफ गर्दैछन् ।

सुनिल बिक चर्चित डान्सर र कोरियोग्राफर हुन् । उनी नेफोलिक क्रियुका संस्थापक पनि हुन् । यो क्रियुले नेपालका साथै भारतमा पनि चर्चा कमाउन सफल भएको छ । वर्ल्ड डान्स लिगदेखि विभिन्न डान्सिङ रियालिटी शोमा चर्चा कमाएको नेफोलिकलाई सुनिलले अघि बढाईरहेका छन् । उनी द नेफोलिक डान्स स्टुडियो पनि संचालन गर्छन् । कक्षा ४ देखि नै नृत्यमा रुचि देखाएका सुनिलले नृत्य क्षेत्रमै १५ वर्ष बिताईसकेका छन् । सेल्फ लर्निङबाट कोरियोग्राफीसम्म पगेका सुनिल एनिमेसन पपिङमा अब्बल छन् । सुनिलले यस पटक टिकटक ट्न्सि स्टार दिपा र दमन्तालाई डान्सिङ विथ दि स्टार्स नेपालमा कोरियोग्राफ गर्दैछन् ।

आदरणीय दर्शकविन्द, तपाईलाई दीपा–दमान्ता र सुनिलको जोडी कस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*